जनै नलगाए के हुन्छ ? महिलाले जनै लगाउन हुन्छ ? अरु कुन-कुन जातीले जनै लगाउने ?

इनेप्लिज २०७६ साउन २९ गते ११:२५ मा प्रकाशित

श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ।

तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलनरहेकाले यस पर्वलाई जनै पूर्णीमा भन्ने गरिएको हो। पक्षजनैपूर्णिमाका तीनपक्ष रहेका छन्–यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी।

हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामारहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जानेगर्दछन्।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।

प्रतिक्रिया