परीक्षा हलबाटै म्यासेन्जरमार्फत प्रश्नपत्र आउट !

इनेप्लिज २०७६ साउन २७ गते ११:५० मा प्रकाशित

धनुषा, २७ साउन । एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरमार्फत आउट भएपछि प्रहरीले तीन जलाई पक्राउ गरेको छ ।

प्रश्नपत्र आउट गरि फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षको तथ्याङ्कशाष्त्र विषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरेका थिए ।

उनीहरुले सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया