२१ अर्बको सेटिङ मिलाउन प्रचण्ड युएई गएको रहस्य खुल्यो | प्रचण्ड–बाबुरामलाई हेगमा पुर्याउने कानुनविद्को यस्तो तयारी ( भिडियो सहित )

इनेप्लिज २०७६ साउन २७ गते ९:२० मा प्रकाशित

काठमाडौं– वरिष्ठ कानुनविद् तथा विश्लेषक दिनेश त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको युएई भ्रमणप्रति प्रश्न उठाएका छन् । कनुनविद् त्रिपाठीले प्रचण्डको त्यसरी घुमफिर गर्ने आयश्रोत के हो भनेर प्रश्न समेत गरेका छन् ।आइतबार सुत्र टिभीसँग कुरा गर्दै कानुनविद् त्रिपाठीले प्रचण्ड माफियाको फन्डिङमा युएर्य पुगेको र सबैभन्दा महंगो होटेलमा बसेको दावी समेत गरे । उनले प्रचण्ड युएई जानुको मुख्य कारण छोरा प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँको सेटिङ मिलाउनु रहेको उनले प्रष्ट पारे ।उनले प्रचण्डले हिँजो युद्धमा मानवता विरोधी हिंसा गरे, पछि शान्ति प्रक्रियामा आएपछि लडाकुका व्यारेकदेखि राज्यको ढुकुटीसम्म भ्रष्टाचार गरेको बताए ।

पछिल्लो समयमा प्रचण्डमा छटपटी बढेको भन्दै कानुनविद् त्रिपाठीले प्रचण्ड यतिवेला शक्तिहिन भएको बताए । उनले भने, ‘ न त प्रचण्डको पार्टीमा कुनै हैसियत छ, न उनले भनेको कसैले टेर्छ, त्यसैले उनी अहिले नानाथरी बोल्दै हिँडेका छन् ।’ उनले प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमण समेत शंकास्पद रहेको दावी गरे । प्रधानमन्त्री ओलीको भ्रमणमा स्वदेश फर्किने सेड्युल परिवर्तन हुँदै जानु र पूर्वराजा ज्ञानेन्द्र पनि त्यही बेला विदेश जानुले शंका गर्ने ठाँउ उत्पन्न रहेको बताए ।उनले प्रधानमन्त्री ओलाई पछिल्लो समयमा मन्त्रीहरुले समेत टेर्न छाडेको र प्रधानमन्त्री ओली निरिह बनेको बताए । कानुनविद् त्रिपाठीले केपी ओली अब प्रधानमन्त्री नरहने र राजनीतिको कोर्ष फेरिने समेत दावी गरे ।

२१ अर्बको सेटिङ मिलाउन प्रचण्ड युएई गएको रहस्य खुल्यो |

प्रतिक्रिया