रंग नम्बरवाली प्रेमीका

भोला थापा क्षेत्री २०७६ साउन २६ गते १३:२८ मा प्रकाशित

भोला थापा क्षेत्री । बेलुकी ५ बजेको थियो । कार्यलयको चालक दाईलाई फोन गर्दा एउटा नम्बर मिस्टेक हुन पुगेछ । कल उठेन ,अनी केही समय पछि त्यही नम्बरबाट कल आयो अनी उठाए नचिनेको नम्बर फेरी पनि कार्यलयको काम कहि कतैबाट आयो होला उठाए । उता बाट मधुरो स्वारमा को बोल्नु भयो भन्ने नेपाली शब्दमा बोली सुने , हजुर म त्यही अनी हजुरर… नि….अप्ठेरो गर्दै बोलीयो र उनको जवाफ आयो कस्लाई खोज्नु भयो होला कुन्नी ? ओहो मेम यो त रंग नम्बर पर्यो कि कसो मेरो जवाफ उनले सुन्न साथ किन गर्नु भयो आदि ईत्यादी गर्दा १० मिनेट त हाम्रो सोधपुछमा नै खत्तम भएछ ।

अनी फोन काट्यिो कल रिप्लाई गर्ने सोच पनि गरिन “भनिन्छ परदेशमा आफ्नो नेपाली भने पछि धेरै प्यारो हुन्छ“ तर उनीमा किन यति धेरै घमन्ड रहेछ भन्दै सोची रहे ।

वेलुकी करिब नौ बजेको थियो सायद उनले मेरो नम्बर सेभ गरेको हुनु पर्छ त्यही भएर उन्को ईमो प्रोफाईल सेभ भएको देखे । नयाँ नम्बर यसो हेरे सुन्दर तस्वीर मनै अमिलो भयो, “ पुर्खाले भनेका छोरा मान्छेको जात हो आफ्नी श्रीमती जति सुन्दर भएता पनी बाहिरा अर्कै मन पराउछन रे ” भन्ने कुरा साचै होकी जस्तो लाग्यो ।

अनि डायल गरे ईमोमा कल उनै रंग नम्बर वालीलाई तर कल तुरुन्तै काटियो । मनमनै सोचे केटी खतरा रहेछ यार मैले गल्ती गरे की कसो ? अब नम्बरलाई ब्लकमा राख्नु पयो भन्दै मोबाईल स्कृनमा औला चौलाउदै थिए, तुरुन्तै उनको भिडीयो कलले मेरो औलालाई स्कृनबाट बाहिर आउन बाध्य बनायो ।

अनि त्यो भिडीयो कल अनि उन्को र मेरो संवाद एकाएक खोजीनिधि भन्दा पनि मायाँको सागरमा रुपान्तर हुदै गयौ कतै छचल्कीन समेत पुग्छ कि भन्ने डर पो लाग्यो । करिब १ घण्टाको लामो संवाद पछि उनी पनि शान्ता भईन म पनि खुसी भए हामीले चिनापर्ची गर्यौे मित्रता अगाडी बढायौ अनि चाडै भेट्ने बाचा पनि गर्याै र केही दिनमै भेट्यौ ।

आफुले नेपालमा हुदाँ साह्रै दुःख पाएको र श्रीमानले आफुलाई धोका दिएर अर्कै ल्याएको उनले संवादमा निकै भावुक हुदै आफ्नो दुखहरु पोख्न थालीन म उन्को ति दुःखका छालहरु नजिकै रहेको कर्नेशको समुन्द्रका छालाहरु भन्दा पनि बढी रफ्तारमा अगाडी बढी रहेको भान भईरहेको थियो ।

यसो हेर्दा २३÷२४ वर्षेकी सर्लक परेकी “रुपमती“ सायद विदेशी किरिमको दोष हुनु पर्छ यति धेरै राम्री थिईन पापि आत्मा मनै लोभियो । उनका दुःखका कहानी सुन्दा मायाँ पनि लागेर आयो । अनि आफुले भोगेका विगतका परदेशका दुःखहरु पोख्दै उनलाई आश्वासन दिन बाहेक म सगँ केही रहेन सम्झाए उनलाई दुःख सम्झेर काम गर्न र परदेशमा हामी जुन उद्धेश्यले आएका छौ आएका त्यसलाई नै पुर्णता दिन हौसाला प्रदान गरे । ओहो ! गफिदा गफिदा बेलुकी समय अलि बढी भएछ हामीलाई थाहा नै भएन उनको अनुहारमा मनिलो छाईरहेको थियो । आखाँहरु रसिला भईरहेका थिए कारण थियो उनलाई आफ्नो कम्पनीको नियमले राती अबेर सगँ बाहिरा हिड्न दिदैन्थो करिब नौं बजेको थियो । अब के गर्ने नजिकै कफि सप थियो कफिको चुस्की सगैँ मिठा मिठा कुरा त भए तर समयको अभाव भने उनमा धेरै थियो फेरी विहिवार (जुम्मा)को रात कर्नेशतिर प्राय रमाईलो देखिन्छ । त्यँहाको सजावट ,लाईटिङ र पानि माथी म्युजिकको तालमा तैरी रहेका मिनी जहाज (डुंगा) साथै झिझिल बलिरहेका गगन चुमी टावरहरु आहा ! मनै लोभियो ।

अनि मैले उनलाई प्रश्न गर्न बाध्य भए तिमीलाई समय कती छ रुपमती ? उनले मनिलो स्वारमा भनिन कती बज्यो र अहिले ? मैले जवाफ दिए भर्खर नौ बज्यो । किन र ? उनको जवाफ आयो मैले कर्नेको मिनी पानि जहाज (डुंगा)मा चढ्ने कि उनलाई फेरी साधे ?

उनी डराईन माहोल गरामगर्मी थिए नेपाली देखी बंगालीको बडो घुईचो थियो, जाउ न त जाने भए केही हुन्न मैले पनि धेरै भयो यता आएको छैन । मैले उनलाई भने उनले मेरो बचनलाई स्वीकार गर्दै हस भनिन ।

डुंगामा चढ़यौ ,चढ्ने वित्तिकै नेपाली गीत घन्कीयो ,अगाडी बंगाली र नेपाली दिदिबैनीहरुको धमाकेदार प्रस्तुती थियो । त्यही भएर होला रुपमतिको अनुहारमा केही हसिलोपन छाएको थियो । करिब ७ मिनेट यात्रा कर्नेशलाई फन्को मारेर उहि पुरानै स्थानमा डुंगा रोकीयो हामी उत्रियौ । अनी केही छिनमै छुट्ने बाचा सगै हामी त्यहाँ छुट्यौँ ।

यसरी नै उन्को र मेरो भेट भन्दा पनि टेलिफोन संवाद अगाडी भई रहने क्रम जारि रह्यो । केही समय उता उनको नम्बर एकदम सगँले अफ भएको थाहाँ पाए जति सम्पर्क गर्न खोज्दा पनि गाह्रो भयो । उनलाई खोज्न, उनले किन यसरी ब्लक गरिन होला भन्दै सोचे र अरु विकल्प रहेन ममा ।

खैर ! अब विर्सनु पर्यो मनले मनलाई समाल्दै उनलाई विर्सन कोसीस गरे तर याद भने आँखा भरि आईरहन्थ्ये । उनीसगँ मेरो अरु केही थिएन जुन दिनमा उनले मलाई यसरी दिल खोलेर सबै आफ्ना कुरा गरेकी थिईन मैले उनी सगँ कुनै स्वार्थ लुट्नु थिएन । म उनलाई असल नारी भएर जिउन सिकाउने दौडमा थिए ।

अचानक रंग नम्बरले जुराएको साथीसगँको मेरो कहानी भिन्दै थियो, केही महिना पछि शुक्रवारका दिन माथिलो घरको कान्छा सगँ कर्नेश घुम्न जाने निर्णय भयो भर्खरै उ पनि नेपालबाट आएको भएर कहि घुमाउनु पर्छ भन्ने सोच गरे र मैले उसलाई घुम्नलाई पहिलो गन्तव्य कर्नेश नै रोजे ।

कर्नेश पुगीयो भाईले गाडीबाट उत्रे सगै एक छिन एकहोरो हेरीरह्यो मैले सोधे के भयो कान्छा ? उसले मलाई सिधै भन्यो दाई कतारमा त कानुन कडा छ भन्छन किन मान्छेहरु यसरी हिड्ने खुल्ला तरिकाले रमाईलो गर्न पनि पाईदो रहेछ अनि केटी पनि धेरै हुँदा रहेछन त ? ह्या मोरा छोड ! आईजा बरु डुंगामा चढ्छस जाउँ उ पनि पहिलो चोटी भएर होला निकै रमाईलो र अचाम्बित नै भयो होला भन्ने मलाई भान भइरहेको थियो ।

अलि पर किनारमा पुगे पछि डुंगामा “मुन्नी बदनाम हौई डार्लिक…“ भन्ने हिन्दी गितमा निकै जोड –जोड गतिले नाचिरहेको एक महिला देखे बाहिर बंगाली पाँच रियल बन्धु भन्दै चिल्लाई रहेको थियो कान्छालाई भने जाने हो त ? जाँऊ ! उस्ले पनि हस भन्यो हामी भित्र गयौ ।

भाईले उक्त नृत्यलाई देखेर मलाई फेरी प्रश्न तेर्स्यायो दाई यी केटाकेटी नेपाली नै हुन ? उसको प्रश्नले मेरो मुटु छोयो फेरी पनि बाध्यताले जवाफ फर्काए हो बाबु केटी नेपाली जस्तो लाग्छ तर केटा चाँही बंगाली हुनु पर्छ ।

भन्दै गर्दा मेरो आँखा नाच्ँदै गरेकी उनै रुपमतीको आखामा ठोकियो । लामो समय सम्म सम्पर्क विहिन साथी त्यही हिन्दी गितमा नाचीरहेको देखे म अचम्बित भए ।

मुखबाट केही शब्द बाहिर निस्कन सकेन । उनको विगतका दिनका दुःखका कुरा र आजका ति नृत्यले मलाई निकै पिडा भयो । मनमनै त्यती सोझी केटी आज त्यो अबस्थामा कसरी आईन भन्ने तिर मेरो ध्यान केन्द्रत भयो । उनको त्यो अबस्था देख्दा मन निकै भावुक भयो । अनि फेरी भाईले प्रश्न ग¥यो दाई किन हजुरको आँखामा त आशुँपो देखेछु ।

मेरो चस्माको पावर अलि कम भएर होला भाईलाई मैले यति मात्र भने पिडा मलाई रंग नम्बरवालीको थिएन । एउटा नेपाली चेलीको भोलीको भविश्यको बारेमा थियो ।

कति चेलीहरुको परदेशमा वंगालीकाण्डले विजोग भएको सुनेछु त कसैको हत्याभएको खबर मिडीयामा आईरहन्छ । त्यही भएर होला मलाई त्यो अटाईनअटाई रहेको विना सेप्टीको डुंगामा उनका कम्मरहरु रफ्तारले मच्चीरहेको देख्न मन लागेन ।

र त उनलाई मैले भने नदेखे जस्तो गरे किनकी कसैको व्यक्तिगत जीवनमा आफुले चोट पुराउनु हुदैन भन्ने मेरोे सोच थियो ।तिनले जे गर्दै थिईन त्यो सरासर गलत थियो ।

म बस्न सकिन अनि डुंगाको छेउमा कर्नशको गगन चुम्बीटावरहरुलाई चिहाई रहे । नृत्यको थकानले होला पसिनाले निथ्रुक्क भएर उनी पनि त्यही छेउतिर हावाको साहारा लिन छेउमै आईन । एकाएक उन्को नजर मेरो अनुहारमा ठोकिन पुग्यो । अब उनी झसङग भईन अनि फरक्क फर्केर नृत्य तर्फ ध्यान दिईन ।

पसिनाको धार बगाएकी रुपमतिले सायद चिनेर होला उनको नाँचको रफ्तार गति अलिकम भएको देखे करिब २० मिनेटको सम्मको यो मेरो रंगनम्बरवाली संगको कहानी फेरी बन्यो अनि मैले केही बोल्न सकिन न उनले नै भनिन् ।

किरानमा डुङ्गा रोकियो हामी बाहिरा आयौ । उनी भने अर्को ट्रिपको लागि होला त्यही डुंगामा नृत्यलाई निरन्तर दिदै यात्रुहरुलाई बंगालीको डुंगामा बोलाईरहेकी थिईन ।

उनि मात्रै होईन कतारको शुक्रवारे छुट्टीमा कर्नेशमा तँपाई घुम्नु जानु भएको कि छैन ? यदि छैन भने तपाई एक पल्ट त्यहाँ जसरी पनि पुग्नुहोला । यो मेरो लेखले तपाई विश्वास पक्कै गर्नु भएको छैन भने एक पल्ट तपाई त्यहाँ पुग्नुहोस अनि मेरो जस्तैे रंग नम्बरी वलीहरुलाई देखेर चकित पर्नुस बाँकि तपाईकै विचार

भानु नपा ७ तनहुँ

हाल : मरुभुमी बालुवाटार कतार

प्रतिक्रिया