नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई सुमार्गीको आग्रह

इनेप्लिज २०७६ साउन २२ गते १:५८ मा प्रकाशित

व्यवसायी तथा नेपालका लागि बेलारुसका महावाणिज्यदूत अजेयराज सुमार्गीले यूरोप तथा अन्य क्षेत्रमा लगानी गर्दै आएका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बेलारुसको राजधानी मिन्स्कमा मंगलबार आयोजिक कार्यक्रममा उनले नेपालमा प्रचुर व्यवसायीक सम्भावान रहेको जानकारी दिँदै यस्तो आग्रह गरेका हुन्। बेलारुस उद्योग वाणीज्य संघ र उद्योग संघको संयुक्त आयोजनामा बेलारुसका वाणिज्य दूत तथा युरोप र एसिया क्षेत्रका व्यवसायीबीच अन्तरक्रियामा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

बेलारुसका विभिन्न देशका वाणिज्यदूतहरू त्यहाँको सरकारले आयोजना गरेको उच्चस्तरीय छलफलमा भाग लिन सुमार्गी यतिखेर राजधानी मिन्स्कमा छन्। बेलारुसले आफ्ना वाणिज्य दूतहरूमार्फत व्यवसायी सम्भाव्यताको खोजी गर्न लगानीकर्ताहरूलाई प्रोत्साहित गर्दै आएको छ। यूरोपको पूर्वमा अवस्थित बेलारुस तिव्रत्तर आर्थिक विकास हासिल गरिरहेको देशमध्येको एक हो।

उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न उत्सुक छ बेलारुस सोमबार उपविदेशमन्त्री ओलेभ क्राभ्चेन्कोसँग छलफल गरेका प्रतिनिधिहरूले मंगलबार प्रतिनिधिसभाका सभामूख भ्लादिमिर आन्द्रेइचेन्कोसँग अन्तर्क्रिया गरे। ‘भेटमा बेलारुस र सम्बन्धित देशबीच सहकार्यको क्षेत्र पहिचान गर्ने सहमति भयो’, सुमार्गीले भने, ‘बेलारुस सरकार नेपालसँग सहकार्य गर्न उत्सुक देखिएको छ। उनीहरूले उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि चासो देखाए।’

प्रतिक्रिया