काठमाडौं– निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलबीचको विवादमा नयाँ नयाँ ट्वीस्ट थपिने क्रम रोकिएको छैन । छवी–शिल्पाको घरायसी विवाद डिभोर्ससम्म पुुगेपछि नयाँ नया घटना थपिने क्रम बढेको हो । छवी शिल्पाको डिभोर्स फाईल शिल्पाले अघि बढाएकै बेला छवीकी जेठी श्रीमती हेमा ओझाको ‘इन्ट्री’ ले घटनालाई थप रोमाञ्चक बनाएको थियो । हेमाले छवी शिल्पाविरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएपछि घटनाको मोड बदलिएको थियो । हेमाले त्यति मात्रै गरिनन् कानुन व्यवसायीको सहयोगमा छवी–शिल्पाको विहे दर्ता गर्ने काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा सचिव ओमप्रकाश पौडेलविरुद्ध अख्तियारमा उजुरी समेत दर्ता गराईन् ।
उनले वडा सचिव पौडेलले जालसाजी गरेर छवी–शिल्पाको विहे दर्ता गरिदिएको अभियोगमा अख्तियारमा उजुरी दर्ता गरेको बुझिएको छ । त्यही समयमा विभिन्न मिडियाले सचिव पौडेलसँग अन्तरवार्ता समेत लिन पुुगे । आफूमाथि अख्तियारमा उजुुरी परेपछि मिडियामा अन्तरवार्ता दिदाँ सचिव पौडेल विक्षिप्त जस्तै देखिन्थे । उनीमाथि पत्रकारले प्रहरीले केरकार गरे जस्तै गरी प्रश्न सोधेको देखिन्छ । त्यसपछि सचिव पौडेलको हृदयघातका कारण मृत्यु भयो भन्ने खबर सार्वजनिक भए । उनको मृत्युु रहस्यमयी भएको कुराहरु समेत सार्वजनिक भैरहेका छन् ।
दिवंगत सचिव पौडेलको मृत्युुको विषयमा बोल्दै कानुनविद् तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले कानुन व्यवसायी र पत्रकार दुुबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताए । उनले सुत्र टिभीसँग कुरा गर्दै कानुन व्यवसायी र पत्रकारले आफ्नो सीमा नाघेर हर्कत गरे उनीहरुले पनि कारबाही भोग्नुपर्ने बताए ।
उनले विहे दर्ता गरेको सचिवलाई अख्तियारको तरबार देखाएर कानुनविद्ले उजुरी दिनुु र पत्रकारले प्रहरीको केरकार जसरी प्रश्न सोध्नु आपत्तिजनक रहेको प्रतिक्रिया दिए । कानुनविद् कार्कीका अनुसार प्रमाण पूरा गरेर विहे दर्ता गरेको सचिवलाई अख्तियारमा उजुरी दिनुर पत्रकारले त्यसरी प्रश्न सोध्नु पनि मृत्युको कारक हुनसक्ने आशंका गरे । उनले कसरी मृत्यु भयो त्यो त अनुसन्धानले खुल्ला भन्दै कानुनविद् र पत्रकारको कारण पनि ‘हर्ट अट्याक’ हुनसक्ने आशंका समेत गरे । कानुनविद् कार्कीले अख्तियारको अनुसन्धान गर्ने शैलिप्रति समेत असन्तुष्टि व्यक्त गरे ।
प्रतिक्रिया