तनहुँका गिरी एनआरएनए कतारको महासचिवमा भिड्दै ।

भोला थापा क्षत्री २०७६ साउन १५ गते १५:३० मा प्रकाशित

दोहा ।

तनहुँ राम्जाकोट घर भइ हाल कतारमा कार्यरत गैह्र आवसिय पदम गिरीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशन मार्फत महासचिव पदमा उम्मेदवारी दिने भएका छन ।

कतारमा केही समययता कार्यरत रहेका सामाजिक कार्यमा सकृय गिरीले आफ्नो सामाजिक संस्थाको अनुभवका आधारमा एनआरएन कतारको महासचिव पदमा रहि काम गर्न इच्छुक रहेको बताए ।

तनहुँ सेवा समाज कतारको वर्तमान महासचिव तथा दशनमिसमाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष गीरले समाजिक संजाल फेसबुकमा मार्फत आफुले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न महाधिवेशन २०१९–२०२१ कार्यकालमा महासचिव पदमा उम्मेदवारी दिने बताएका हुन ।

विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारी सगैे कतारमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्ने बताए ।

उनले थपे संस्थालाई श्रमिक मैत्री बनाउनका लागी नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउदै कतारमा रहेका सयौ नेपाली संघसस्थाहरु सगँ हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

महासचिव पदका लागी गिरी सगै स्याङ्जाकी लोक मायाँ केसी (मायाँ केसी) ले पनि आफ्नो उम्मेदवारी घोषण गरेकी छिन भने एनसिसि कतारको आगामी कार्यकालका लागी उम्मेदवारीहरुको सहगर्मी बढ्दै गइरहेको छ भने महाधिवेशन आगामी २३ अगष्टका दिन दोहा स्थीत नेपाली नियोगको सभाहलमा हुने एनसिसि कतारले जनाएको छ ।

प्रतिक्रिया