विद्यालयलाई पाँच करोड अनुदान

इनेप्लिज २०७६ साउन ५ गते ११:३३ मा प्रकाशित

पाल्पा, ५ साउन । पाल्पाको माथागढी गाउँपालिका ३, सराइस्थित दिव्यज्योति माविले रु पाँच करोड अनुदान पाउने भएको छ । नमूना विद्यालयका रुपमा छनोटमा भएपछि रु पाँच करोड अनुदान पाउने विद्यालयका अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा नमूना विद्यालयको रुपमा छनोटमा परेपछि पाँच करोड अनुदान पाउन सफल भएको हो ।

नमूना विद्यालयले भौतिक पूर्वाधारलगायतका क्षेत्रमा काम हुने गरी रु ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ ।

प्रतिक्रिया