जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

इनेप्लिज २०७६ असार ३१ गते ११:४३ मा प्रकाशित

चितवन, ३१ असार । पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

घरबाट ज्याला मजदुरीका लागि सौराहा जाँदै गरेका रत्ननगर ७ बद्रेनीका ६२ बर्षीय कान्छा दराईलाई आज बिहान हात्तीले आक्रमण गरेको थियोे ।

हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।

बद्रेनी गाउँबाट सौराहा जाने बाटोमा चितवन राष्ट्रिय निकुञ्ज जोडिएको मध्यवर्ति सामुदायिक वन रहेको छ । यही जङ्गलको बाटो भएर बद्रेनीका बासिन्दा सौराहा आउजाउ गर्दछन् ।

प्रतिक्रिया