सोमबार, भदौ ३० २०७६
काठमाडौं ०१:५५
वासिङटन डिसी 16:10

सर – मलाई रेस्टिकेट गरिदिनुस

प्रकाश नेपाल २०७६ असार ३१ गते १०:३४ मा प्रकाशित

 

सानी बैनी घरमा एक्लै छोडेर आएकी छु

सानो भाई छ – आँखा नदेख्ने हजुरबाको भरमा छोडेर आएकी छु

रित्तो कसौडी र रित्तो थाल छोडेर आएकी छु

अब म धेरै समय विद्यालय बस्न नसकुला – होमवर्क पनि गर्न नसकुला

त्यसैले सर – मलाई रेस्टिकेट गरिदिनुस

 

मलाई पढ्ने कर भन्दा पनि बढी रहरले धकलेको हो

गरिबीलाई बेवास्ता गर्दै सपना बुन्ने रहरले बढी धकलेको हो

खियिदै गरेको पेन्सिलको ठुटो पनि सकिए पछि

तपाईले दिएको होमवर्क – एउटा निबन्ध

“जिन्दगीका सपनाहरु” लेख्न पनि सकिन

भोलि पनि लेख्न सकुला नसकुला

त्यसैले सर – मलाई रेस्टिकेट गरिदिनुस

 

आफ्नो जिन्दगीको बोझ माथी

आफ्ना छोरा छोरीको बोझले थिचेर वा

मजदुरी गर्ने हात पनि दैबले खोसे पछि

घैटोमा चामल सकिएकै दिन

बाबा हराउनु भएको हो

बाबाको बलले चुलो बल्न छाडे पछि

मेरो सपना पनि ओझेल परेको हो

मेरा हातहरु

बिस्तारै

पेन्सिल भन्दा बढी

गिट्टी कुट्नमा परेको हो

त्यसैले

म विद्यालय आउन सकुला – नसकुला

सर – मलाई रेस्टिकेट गरिदिनुस

 

मेरो जामा फाट्दै फाट्दै हर नढाकिने भए पछि

साथीहरु हास्न थालेका हुन्

कक्षा कोठामा बस्न गारो भए पछि

जिन्दगी पनि हुन सम्म सारो भए पछि

स्कुल, सर र साथीहरु भन्दा बढी

बोझिलो जिन्दगी ढुंगा बोक्न बढी तम्सिएको हो

त्यसैले

म विद्यालय आउन सकुला – नसकुला

सर – मलाई रेस्टिकेट गरिदिनुस

 

प्रतिक्रिया