अछाममा भएका घटनामा २ बालबालिकाकाे मृत्युु

इनेप्लिज २०७६ असार २८ गते ९:५७ मा प्रकाशित

अछाम, २९ असार । अछाममा छुट्टाछुट्टै घटनामा परी शुक्रबार २ जना बालबालिकाकाे ज्यान गएकाे छ ।

कमलबजार नगरपालिका वडा नम्बर ५ कृतिपुरमा ट्रककाे ठक्करबाट ४ बर्षिया बालिका र रामाराेशन गाउँपालिका वडा नम्बर ६, भटाकाटियाँमा रुखबाट खसेर १ बालककाे ज्यान गएकाे हाे ।

कमलबजार ५ का भरत भण्डारीकी ४ वर्षीया छाेरी अस्मिता भण्डारीकाे ट्रककाे ठक्करबाट र भटाकाटियाका धाैरी साउँदका १४ वर्षका छाेरा बमबहादुर साउँदकाे बेडुकाे रुखबाट खसेर ज्यान गएकाे अछाम प्रहरीले जनाएको छ ।

अछामबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४५२ नम्बर ट्रकले बालिका अस्मितालाई ठक्कर दिएको थियाे । ट्रक र चालक वर्दियाको मदुबन नगरपालिका ४ का ४२ वर्यीय तिलक शर्मालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया