चलचित्रकर्मीहरुलाई राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत

इनेप्लिज २०७६ असार २७ गते १९:३० मा प्रकाशित

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका अवसरमा मिति २०७६ साल आषाढ २७ गते शुक्रबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यता तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाज्यूको विशिष्ट आतिथ्यतामा निम्नानुसारका चलचित्रकर्मीहरुलाई वि.सं. २०७३,२०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा माननीय मन्त्रीबाट कार्यक्रमलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको कुरा आफ्नो मन्तव्य राख्नु भयो ।

अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका चलचित्रकर्मीहरुमा हौसला दिने कुरा आफ्नो मन्तव्यमा राख्नु भयो ।

 

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुनुहुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही रु. ३५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ नगद राशी, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति गरिएको थियो । यस प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरुको संलग्नता रहेको थियो । यस नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको कृतज्ञता ज्ञापन तथा समापन बोर्ड अध्यक्षज्यूले गर्नुभएको थियो ।

“राष्ट्रिय चलचित्र पुरस्कार २०७३”

विधा ,चलचित्रको नाम पुरस्कृत व्यक्तिको नाम यस प्रकार रहेका छन् ।

उत्कृष्ट सम्पादन, २०७३
जात्रा
मित्रदेव गुरुङ

उत्कृष्ट छायाङ्कन, २०७३
लभ सासा
शिवराम श्रेष्ठ

उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद), २०७३
कालो पोथी
कथाः मीन बहादुर भाम

उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद), २०७३
कालो पोथी
पटकथा÷संवादः अविनाश विक्रम शाह

उत्कृष्ट अभिनेत्री, २०७३
निभ्न लागेको दियो
सृजना सुब्बा

उत्कृष्ट अभिनेता, २०७३
जात्रा
विपिन कार्की

उत्कृष्ट निर्देशक, २०७३
सेतो सूर्य
दिपक रौनियार

उत्कृष्ट चलचित्र, २०७३
कालोपोथी
शुन्य फिल्मस् प्रा.लि. (मीनबहादुर भाम)

उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी), २०७३
क्यु प्ह्रो छे (भेडी गोठाले)
मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.

उत्कृष्ट लोकप्रिय चलचित्र २०७३
छक्का पञ्जा
आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि. (दिपक राजगिरी)

चलचित्र दीर्घ साधना सम्मान, २०७३
वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारी

“राष्ट्रिय चलचित्र पुरस्कार २०७४”

विधा
चलचित्रको नाम
पुरस्कृत व्यक्तिको नाम

उत्कृष्ट सम्पादन, २०७४
मंगलम्
मित्रदेव गुरुङ

उत्कृष्ट छायाङ्कन, २०७४
कृ
पुरुषोत्तम प्रधान

उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद),२०७४
धनपति
खगेन्द्र लामिछाने

उत्कृष्ट अभिनेत्री, २०७४
ब्लाइन्ड रक्स
बेनिशा हमाल

उत्कृष्ट अभिनेता, २०७४
मंगलम्
पुष्प बहादुर खड्का

उत्कृष्ट निर्देशक, २०७४
ब्लाइन्ड रक्स
मिलन चाम्लिङ राई (मिलन चाम्स)

उत्कृष्ट चलचित्र, २०७४
ब्लाइन्ड रक्स
चाम्स ईन्टरटेनमेन्ट प्रा.लि. (मिलन चाम्लिङ राई)

उत्कृष्ट चलचित्र(आदिवासी, जनजाति, विभिन्न मातृभाषी),२०७४
टिन्छेन फामा (शेर्पा भाषा)
शेर्पा म्युजिक वल्र्ड प्रा.लि.(कुङगा शेर्पा)

उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार– महिला, २०७४
मंगलम्
मिथिला शर्मा

उल्लेखनीय अभिनय रष्ट्रिय चलचित्र पुरस्कार– पुरुष, २०७४

शत्रुगते
रमेश रञ्जन झा

चलचित्र दीर्घ साधना सम्मान, २०७४
बरिष्ठ चलचित्रकर्मी
श्री किशोर रानामगर

“राष्ट्रिय चलचित्र पुरस्कार २०७५”

उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद),२०७५
गोपी
कथा– दिपेन्द्र लामा

उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद),२०७५
गोपी
पटकथा÷संवादः सामिप्यराज तिमल्सिना

उत्कृष्ट छायाङ्कन, २०७५
समर लभ
सञ्जय लामा

उत्कृष्ट सम्पादन, २०७५
साँइली
निमेश श्रेष्ठ

उत्कृष्ट अभिनेत्री, २०७५
बुलबुल
स्वस्तिमा खड्का

उत्कृष्ट अभिनेता, २०७५
प्रसाद
विपिन कार्की

उत्कृष्ट निर्देशक, २०७५
बुलबुल
विनोद पौडेल

उत्कृष्ट चलचित्र, २०७५
गोपी
आरोही ईन्टरटेनमेन्ट प्रा.लि. (मणि कर्ण के.सी.)

जुरी प्रोत्साहन सम्मान, २०७५
भोर
पूजा कर्ण

चलचित्रको व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान, २०७५
छक्का पञ्जा ३
आमा सरस्वती मुभिज् प्रा.लि. (दिपक राजगिरी)

उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्नमातृभाषी),२०७५
रिजे नासाँ (गुरुङ भाषा)
बेब्स क्रियशन प्रा.लि. (प्रितम गुरुङ)

चलचित्र दीर्घ साधना सम्मान, २०७५
वरिष्ठ चलचित्रकर्मी
तुलसी घिमिरे

प्रतिक्रिया