डा.दीक्षितको उग्र आक्रोश : विप्लवको बिषयमा प्रधानमन्त्रीले हिम्मत गरेर प्रचण्डलाई सोध्न पर्यो। (भिडियो सहित)

इनेप्लिज २०७६ असार २६ गते १०:४७ मा प्रकाशित

नगरिक अगुवा डा सुन्दरमणी दिक्षीत ले भोजपुरमा भएको बिप्लब समूह र प्रहरी बिच को भिडिन्त बारे पहिलो प्रतिक्रिया दिदै केपी ओलीलाई संबेदनसिल बन्न सुझाब दिएको । बिप्लब इमान्दार ,कडा र बिचारमा स्पष्ट भएको मान्छे भएको ले बिप्लबलाई ललिपप देखाएर भन्दा पनि मुलुक का जल्दाबल्दा समस्यालाई हल गर्ने कुरामा मात्र बिप्लब को समस्या समाधान गर्न सकिने भन्दै बिप्लब सग बार्ता हुन नसक्ने परिस्थिति किन भै रहेको छ भन्ने सवालमा पुरानो माओबादी भित्रको इगो र दुस्मनी को कारण पनि हुन सक्ने आसङ्का ब्यक्त गरेका छन ।

मुलुक युद्धमा जाने परिस्थितिलाई रोक्नु जरुरी रहेको भन्दै सुन्दरमणी ले प्रधानमन्त्रीसग सुरेन्द्र केसी र आफुले कुरा गर्दा बिप्लब सग प्रधानमन्त्रीको मान्छे निकट रहेको प्रतिक्रिया दिएको उल्लेख गर्दै त्यो मान्छेले के गरिरहेको छ भन्ने प्रस्न गर्दै त्यस्को जवाफ आफुलाइ दिन अनुरोध पनि गरेका छन । आफुले हिजो भोगेर आएको कुरा आज सत्तामा बसेर किन प्रचण्ड बादलहरुले त्यही दोहोर्याइरहेका छन ? भन्ने कुरा निकै दुखद र डरलाग्दो भएको पनि बताएका छन ।लेखक एवम पत्रकार ज्योती किरण सगको लामो कुराकानी मा डा सुन्दर मणिले बिप्लब आन्दोलनमा अन्तरास्ट्रिय सहयोग वा सम्लग्नताको कुनै पनि आसङ्का गलत हुने भन्दै बिप्लबका कुनै पनि मुद्दा बलियो र आन्तरिक नै भएको ले चाडैनै आन्तरिक रुपमै समाधान खोज्नु जरुरी रहेको समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया