अनेम संघ अध्यक्ष सोडारीलाई कारबाही हुन्छ :नेकपा कैलाली अध्यक्ष थापा

इनेप्लिज २०७६ असार २६ गते ७:१३ मा प्रकाशित

काठमाडौं, २६ असार । नेपाल कम्युनिस्ट पार्टी कैलालीका अध्यक्ष रतन थापाले अनुशासन गुमाएर अश्लील बोल्दै एक महिलालाई फोनमा धम्की दिने अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता दिर्घ सोडारीलाई कारबाही हुने बताएका छन् ।

दैनिक नेपालसँग कुरा गर्दै थापाले भने,‘पार्टीमा अनुशासन कमिटी भन्ने छ, नेता तथा कार्यकर्ता अनुशासित हुनुपर्छ भन्नका लागि नै त्यो कमिटी गठन भएको हो । जो कोहीले गल्ती गरे पनि कारबाही हुन्छ ।’

सोडारी अहिले विरामी रहेको जानकारी दिएका थापाले उनलाई यसबारे सत्यतथ्य बुझी स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

पार्टी र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयबाट बर्खास्त गरिएका तत्कालिन मन्त्री दिर्घ सोडारीसँग सम्बन्ध स्थापित गरेको भन्दै एक महिलालाई गीताले अश्लील भाषामा गाली गलौज गरेको र मार्नेसम्मको धम्की दिएको अडियो आएको थियो । बर्खास्त मन्त्री दिर्घ गीताका पति हुन् ।

उक्त अडियो नेकपा कैलाली अध्यक्ष थापाले पनि सुनेका छन् । उक्त अडियो र पीडित महिलाको उजुरी अनेम संघको केन्द्रीय कार्यालयमा पनि परेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पनि पुगेको छ ।

अडियोमा ति महिलालाई गीताले ‘केपी, प्रचण्ड जसकामा गए पनि केही फरक पर्दैन, तँलाई मार्छु’ भनी धम्की दिएकी छन् ।

र, यो पनि पढ्नुहोस्
अनेम संघ कैलाली अध्यक्ष सोडारीको फोन– तँलाई नाङ्गै पारेर पिट्छु ‘र*डी’ !

प्रतिक्रिया