जातीय विवाद बारे बल्ल प्रकाश सपुत बोले: १५ दिन सम्म मलाई बाच्न गाह्रो भयो ( भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ असार २५ गते ११:१२ मा प्रकाशित

कठमाडौं– ‘गलबन्दी’ प्रकरणमा भाका मिलेको विवादपछि गायक प्रकाश सपुत र गायिका शन्तीश्री परियार पहिलो पटक एकैसाथ मिडियासामू सार्वजनिक भएका छन् । बुधबार वानेश्वरको इन्द्रणी फुडल्यान्डमा ‘डीएनए क्लोथिङ’ को ‘ब्राण्ड एम्वेस्डर’ घोषणा कार्यक्रममा उपस्थित गायक सपुत र गायिका परियारले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

उनीहरु दुबैजना ‘डीएनए क्लोथिङ नेपाल’ को ‘ब्राण्ड एम्वेस्डर’ समेत बनेका छन् । गायक सपुतले लामो समय म्युजिकमा काम गरेको संघर्षले आजको स्थानमा आईपुगेको जानकारी पनि गराए । उनले एक डेढ बर्षपछि आफू फिल्ममा समेत देखिने संकेत पनि गरे । यद्यपि, गायक सपुतले मुभीको काम ५÷७ मिनेट गीतमा गरेको काम जस्तो नभएकाले केही होमओर्क गरेर मात्रै मुभीमा पाइला उठाउने बताए । जातिय बिबादले आफ्नो मन दुखेको बताउदै १५ दिन सम्म घर भित्रै रहेर धेरै काममा बाधा भएको खुलाएका छन् |

उनले भने, ‘यति लामो समयसम्म म्युजीकमा गरेको संघर्षले आज यो स्थान पाए, अव मुभीको लागि पनि केही संघर्ष गर्नु उतिकै जरुरी छ ।’

प्रतिक्रिया