३ नम्बर प्रदेश खेलकुद विकास परिषदमा भण्डारी नियुुक्त, कार्यभार सम्हाले

इनेप्लिज २०७६ असार २५ गते ८:४४ मा प्रकाशित

काठमाडौं, २४ असार । ३ नम्बर प्रदेश खेलकुद बिकास परिषदको सदस्य सचिवमा सूर्य भण्डारी नियुक्त भएका छन् । उनले कार्यभार पनि सम्हालेका छन् ।

मंगलबार हेटौडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

९ असारमा बसेको मन्त्री परिषदको बैठकले प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा काठमाडौ–३१ स्थायी निवासी भण्डारी सहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो ।

प्रदेश सरकारहरूमा खेलकुद परिषद पहिलो पटक ३ नम्बर प्रदेशले गठन गरेको थियो ।

मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन् भने परीषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमूख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका सचिव रहनेछन् ।

भण्डारीले राष्ट्रिय खेलकुद परिषद अन्तरगतको राष्ट्रिय बिद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव, नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् ।

हरेक जिम्मेवारीमा उत्कृट नतिजा दिन सक्ने भण्डारी शिक्षा र पत्रकारिता क्षेत्रमा पनि दख्खल भएका ब्यक्ति हुन । उनले २०६८ सालमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार समेत प्राप्त गरेका थिए ।

ब्यवस्थापन र शिक्षा संकाय दुबैमा स्नातकोत्तर गरेका भण्डारीले शिक्षा संकायमा ऐक्षिक बिषयमा स्वास्थ्य तथा शारिरिक बिषय अध्ययन गरेका हुन् ।

प्रतिक्रिया