भोजपुर घटनाबारे आईजीपी भन्छन् : प्रहरीमाथि एक्कासी गोली हानियो

इनेप्लिज २०७६ असार २५ गते ८:३३ मा प्रकाशित

काठमाडाैँ, २५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुरमा विप्लव समूहद्वारा प्रहरीमाथि एक्कासी गाेली प्रहार भएको बताएका छन् ।

संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराउँदै जवाफी फायरिङमा विप्लव समूहका  ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राईको मृत्यु भएको आईजीपी खनालले बताए ।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए । महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो। भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ ।

घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन् । गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते भट्टराई जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया