डा.दिक्षितको डरलाग्दो आक्रोश : ओलीलाई दिए ठाडो चेतावनी ,एक अर्ब दिने अवार्ड बारे यस्तो टिप्पणी।(भिडियो सहित)

इनेप्लिज २०७६ असार २३ गते ०:३० मा प्रकाशित

नागरिक अगुवा डा सुन्दर मणि दिक्षितले आइफा अवार्ड बारे सरकारको सुरुवातनै गलत भएका कारण नेपाल पुन बदनाम हुने स्थितीमा पुगेको बताएका छन । अवार्ड गर्न सरकारले पैसा दिने कुरा लज्जास्पद भएको भन्दै सुन्दर मणिले यो सरकार भारतीय कलाकारलाई किनेर सम्बन्ध सुधार्ने प्रयत्न गर्नुले हतास र बेकुब मनस्थिति को सिकार बनेको कुरा प्रष्ट भएको भन्दै सामान्य एउटा चलचित्र कम्पनी सग मुलुकको स्वाधिनतामानै आच आउने प्राकृतिको सम्झौता गर्नु दुखद भएको भन्दै त्यस्तो नालायक कार्य गर्ने कर्मचारी र मन्त्रीहरुलाई तुरुन्त कार्बाही गर्नु पर्ने समेत बताएका छन ।

सरकारले निकृस्ठ कार्य गरेको भन्दै आक्रोसित बनेका सुन्दर मणि ले भारत सग सरकारी स्तरमा बिग्रेको सम्बन्ध आइफा बिवादले नागरिक स्तरमै पनि बिग्रन सक्ने बताएका छन । ओलि सरकारले आफ्नो खाडल आफै खनिरहेको भन्दै ओलि को ठाउमा प्रचण्ड प्रधानमन्त्री बने पनि उस्तै हुने टिप्पणी गरेका छन । मुलुक को निम्ति इतिहास कै कठिन घडी उत्पन्न भएको भन्दै उनले काङ्ग्रेसलाई पार्टी पार्टी जस्तो भएर प्रतिपक्षी को भुमिका खेल्न पनि सुझाव दिएका छन । देश को बारे कसैले नसोचेको भन्दै दुखी बनेका सुन्दर मणि ले एक अनलाइन टेलिभिजनमा पत्रकार ज्योतिकिरण सग को कुराकानी मा मुलुकका थुप्रै जटिलता बारे खुलेर कुरा गरेका छन।

प्रतिक्रिया