नया वृन्दावन अमेरिकाको सन्ध्याकालिन आरती

अर्जुन थापा २०७६ असार २१ गते ०:५८ मा प्रकाशित

अमेरिकाको पश्चिम भर्जिनियामा आज भन्दा ५१ बर्ष अगाडी पबित्र वृन्दावनको स्थापना भएको देखिन्छ | अमेरिकामा बसोबास गर्ने विभिन्न देशका हिन्दु धर्मालम्बीहरुको प्रमुख आकर्षकको रुपमा रहेको यस पबित्र स्थलमा समर ( गर्मि ) मौसममा बढी रमझम र तिर्थ यात्रुको चाप बढ्ने गर्दछ | यहाँ बिहान ५ बजे देखि साझ ९ बजे सम्म मंगल आरती, योग, गुरु पूजा, गौ पूजा ,सन्ध्या आरती र साझ राधा कृष्ण स्वान यात्रा पनि गरिन्छ | साथै तिर्थालुहरुलाइ बिहान र दिउसो मन्दिरबाट नै प्रसाद वितरण गरिन्छ | प्रमुख आकर्षणहरुमा स्वर्ण दरबार ,मयुर बस्ने घर र मयुरहरु ,कुसुम सरोवर, कमल फूल बगैचा , श्री राधागोपीनाथ मन्दिर ,ललित कुण्ड ,श्याम कुण्ड ,राधा कुण्ड ,गोबर्धन पर्वत ,गौशाला ,कमल पोखरी, राधा कृष्ण मन्दिर आदि हुन |

मन्दिर मै बसोबासको लागि लज पनि रहेको छ भने क्याबिनको पनि व्यवस्था छ | समर ( गर्मि )याममा अलि बढी भिड हुने हुदा घुम्न जानु हुनेहरुले केहि दिन अघि नै कोठा बुक गराएर जानु राम्रो हुनेछ |त्यहाँ रहेको गोविन्दा रेष्टुराण्टमा अति नै मिठा शुद्द शाकाहारी भोजन पाइन्छ | बिशेष गरि शनिबार र आइतबार पारेर जानु राम्रो हुन्छ किनकि ति दिनहरुमा बिशेष पूजापाठका कार्यक्रमहरु गरिन्छन | कृष्ण जन्म अष्टमीमा त झन धुमधामसंग पूजा पाठ गरिने हुदा ति दिनहरुमा त्यहाँ अति नै ब्यस्त रहने हुन्छ |साझ ८:३० मा त्यहाँ शायन आरती गरिन्छ जस्मा सबै श्रदालु भक्तहरु दिप प्रज्वलनका साथ “राम राम हरे हरे ,कृष्ण कृष्ण हरे हरे” गाउदै नाच्दै कुसुम सरोवरमा जाने गर्दछन | र त्यहाँ राधा कृष्णलाइ शायन यात्रा गराई सबैले स्वागत गर्ने गर्दछन केहि बेर तेही कुण्डको छेउमा बसी आरती गरेर मन्दिर फर्कने गर्दछन | त्यहाँ अतिनै मनोरम र आनन्द प्राप्ति हुन्छ |नया वृन्दावनमा गरिने सन्ध्याकालीन आरतीको पुरा श्रब्यदृश्य यहाँ तलको लिंकमा राखिएको छ हेरेर आनन्द लिनु होला | राधे राधे …

प्रतिक्रिया