समाजमा विकृति फैलाएकोे आरोप लागेपछि पत्रकारमाथि जाइलागिन ज्योति मगर ( हेर्नुस भिडियो कुराकानी )

इनेप्लिज २०७६ असार २० गते २१:१० मा प्रकाशित

काठमाडौं– गायिका ज्योति मगरले आफू गुमनाम नभएर दर्शकहरुको मन मुटुमै बस्न सफल भैरहेको बताएकी छिन् । सुत्र टिभिसँगको कुराकानीका क्रममा गायिका मगरले आफ्नो क्रेज अझैं नघटेको दावी समेत गरिन् । अन्तरवार्ताका क्रममा पत्रकारले ज्योतिको क्रेज घटेको हो ? भनेर सोधेको प्रश्नमा गायिका मगर र पत्रकारबीच चर्काचर्की नै परेको थियो ।

अहिले पनि गीत संगीत र भिडियोहरुमा आफू उतिकै व्यस्त रहेको भन्दै आफ्नो क्रेज नघटेको दावी समेत गरिन् । उनले ज्योति मगरले समाजमा विकृति ल्याएको आरोप छ नि भनेर पत्रकारले प्रश्न सोधेपछि उक्त कुरालाई ठाडै अस्वीकार गरिन् । उनले उल्टो प्रश्न गरिन, ‘तपाईको लगाएको पहिरन ठिक छ भन्ने ग्यारेन्टी के ? मैले कस्तो पहिरन लगाउनुपर्छ भन्ने मापदण्ड बनाउने कसले ? गापयका मगरले आफ्नै क्षेत्रका साथीहरुले आफूप्रति डाह गरेको आरोप समेत लगाइन् । उनले कुनै दिन राजनीतिमा आउन सक्ने समेत संकेत गरिन् ।

हेर्नुस भिडियो कुराकानी

प्रतिक्रिया