ईनेप्लिज प्रतिनिधि,इनास केन्टकी च्याप्टरको पहल र प्रस्तुतिमा प्रयास बानिया आर्थिक सहयोगार्थ सांगीतिक कार्यक्रम समापन भएको छ । इनास केन्टकीको प्रस्तुतिमा एन आर एन केन्टकी च्याप्टरको आयोजना र अन्य स्थानीय सस्थाहरुको बिशेष सहयोगमा कार्यक्रम सफलताको साथ सम्पन्न भएको थियो ।
गत फेब्रुअरी २१ मा केन्टकी राज्यको एलिजाबेथ टाउनमा काम गरिरहेका सुबास घले र प्रयास बानियालाई कार्यस्थलमै लुटेराले गोलि प्रहार गरेको थियो । उक्त घटनामा सुबाश घलेको घटनास्थलमै ज्यान गयो भने प्रयास बानिया सक्थ घाइते भै नजिकैको लुइभिल हस्पिटलमा उपचारको लागि लगिएको थियो र हाल सम्म पनि सोहि हस्पिटलमा उपचार भै रहेको छ । र उहाको अवस्थामा केहि सुधार आइरहेको छ ।
उहाको आर्थिक भारलाइ थोरै मात्र भए पनि सहयोग होस् भन्ने हेतुले इनास केन्टकीले एक सांस्कृतिक कार्यक्रम गर्ने र सो कार्यक्रमबाट संकलित रकम निजलाइ हस्तान्तरण गर्ने निर्णय लाइ समर्थन गर्दै उक्त कार्यक्रममा एन आर एन केन्टकीले प्रमुख आयोजक रहने सहमतिका साथ स्थानीय सस्था ए एन के ए (ANKA) ,बि सी एल के (BCLK) ,एन ए एस के (NASK) , को बिशेष सहयोग रहने जनाएको थियो ।
सोहि अनुरुप कार्यक्रम सम्पन्न भएको थियो र सबैको साथ र सहयोगले प्रयास बानिया सहयोगार्थ सांगीतिक कार्यक्रम सफलताको साथ सम्पन्न भयो । इनास केन्टकीका अधक्ष्य गोपाल नेपाल “फिस्टे “ले यस कार्यक्रमलाई सफल बनाउन बिशेष सहयोग गर्नु हुने र उक्त कार्यक्रमको टिकट बिक्रीमा सहयोग गर्नु हुने र खरिद गरि सहयोग गर्नु हुने तथा अन्य प्रकारले कार्यक्रमलाइ सफल बनाउन बिशेष भूमिका निभाउनु हुने सम्पूर्ण उपस्थित तथा अनुपस्थित सहयोगी सहृदयी मनहरुलाई हार्दिक धन्यवाद तथा उहा प्रति नमन ब्यक्त गर्नु भएको थियो ।
एन आर एन केन्टकी च्याप्टरका अधक्ष्य दिलु पराजुलीले प्रयास बानियाका बुवा हरि कृष्ण बानिया र मामा मधुसुदन बानियालाई विभिन्न माध्यम बाट संकलित रकम १४ हजार ५ सय ७९ डलर हस्तान्तरण गर्नु भएको थियो । उक्त रकम हस्तान्तरण कार्यक्रममा उपस्थित इनास केन्टकीका अधक्ष्य गोपाल नेपाल “फिस्टे ” ए एन के ए का अधक्ष्य लक्ष्मी खड्का ,तथा एन आर एन केन्टकीका सल्लाहकार शशि चन्द्र अधिकारी र एन आर एन इण्डियाना राज्यका अधक्ष्य राजिब श्रेष्ठले आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो । साथै अधक्ष्य राजिव श्रेष्ठ द्वारा संकलित रकम पनि हस्तान्तरण गरिएको थियो ।
इनास केन्टकीको तर्फाबाट प्रस्तुति दिनेहरुमा गायक मुरारी गुरागाईं ,गायक सरोज अधिकारी ,प्रतिक्षा सिंह , सलिना राई , सलिना तिवारी , सरोजा ढकाल ,राजिता ढकाल ,मंजु रसाइली ,चन्द्र अधिकारी ,प्रनिम राई , प्रविन राई ,आनी पाण्डे ,आयुषा रेग्मी ,इश्वर कटुवाल , बिनोद सापकोटा ,सुनिल कर्ण हुनुहुन्थ्यो । प्राबिधिकमा पर्वत राईले सहयोग गर्नु भएको थियो र कार्यक्रम इनासका सचिब अर्जुन थापा र सदस्य जय प्रकाश रिजालले संचालन गर्नु भएको थियो । तथा व्यवस्थापनमा प्रदिप बिष्टले गर्नुभएको भने कार्यक्रम सफलताको साथ सम्पन्न भएको थियो ।
प्रतिक्रिया