बाबुराम भट्टराईले खोले करिश्मा मानन्धरले पार्टी छोड्नुको रहस्य ( हेर्नुस भिडियो

इनेप्लिज २०७६ असार १२ गते १३:३६ मा प्रकाशित

काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अभिनेत्री करिष्मा मानन्धरको पार्टी त्यागबारे मिडियामा मुख खोलेका छन् । बुधबार पत्नी हिसिलासँगै जात्राको सिक्वेल फिल्म ‘जात्रै जात्रा’ हेर्न सिनेमा हलमा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुख खोलेका हुन् ।

यसअघि जात्रा हेर्न अभिनेत्री करिष्मासँगै हलमा पुगेका डाक्टर भट्टराई यो पटक जात्रै जात्रा हेर्न जाँदा भने करिष्मा सँगै देखिईनन् । डा. भट्टराईले सञ्चरकर्मीसँग करिष्माले पार्टी परित्याग गरेको भन्ने कुरा स्वीकार गरेनन् ।

उनले करिष्माका केही रिजरभेसन रहेको र पछिल्लो समय व्यस्तताको कारणले मात्रै पार्टीका गतिविधिमा समय दिन नपाएको भनेर बचाउ गर्नपुगे । उनले पढाईमा लागेकाले आफूहरुले छुट्टी दिएको बताए । डा. भट्टराईले मुख्य रुपमा करिष्मा कलाकार नै भएको दावी गरे ।

प्रतिक्रिया