प्रेम गीत ३ मा निर्देशकले गरे हिरोइनको बारे यस्तो खुलासा | अडिसन भिडियो युटुबमा हाल्दा बिबादित ( भिडियो अन्तर्वार्ता )

इनेप्लिज २०७६ असार ११ गते १५:१० मा प्रकाशित

चलचित्र प्रेम गीत ३ प्री प्रोडक्सनमै हुँदा बटुलेको चर्चा हेर्दा लाग्छ नेपाली चलचित्र क्षेत्र कायापलट हुँदै छ । आसुसेन फिल्म्स प्रोडक्सनले निर्माण गर्न लागेको प्रेम गीतको दोश्रो सेक्वेल प्रेम गीत ३ को पात्रलाई लिएर दर्शक धेरै नै उत्सुक छन् । अझ विशेष गरि चलचित्र टिमले सार्वजनिक नगरेको चलचित्रको मुटु पात्र ‘गीत’ लाई लिएर धेरैको कौतुहलता छ । २७१४ बाट दोश्रो चरणको अडिसन दिएका उत्कृष्ट २५ बाट पनि टिम उत्कृष्ट ५ को नाम सार्वजनिक गर्ने तरखरमा छ । कौतुहलता, चर्चा सँगै प्रेम गीत ३ टिमलाई धेरै आरोप पनि लागेको छ । अडिसनको भिडियो युट्युबमा अप्लोड गरेसङै आसुसेन फिल्म्सले पैसा कमाउने मेलो गर्‍यो भनेर भन्ने पनि फिल्म वृत्त धेरै नै देखीए । यिनै विषयमा चलचित्र प्रेम गीत ३ का निर्माता तथा निर्देशक सन्तोष सेन संग गरिएको भिडियो अन्तर्वार्ता हेर्नुहोस् ।

प्रतिक्रिया