रबि बिषयमा डा.सुरेन्द्रको यस्तो भनाई , भिर बाट लडेको गोरुलाई राम मात्रै भन्न सकिन्छ काँध हाल्न सकिदैन।(भिडियो सहित)

इनेप्लिज २०७६ असार १० गते १५:२० मा प्रकाशित

राजनैतिक बिष्लेसक प्रा डा सुरेन्द्र केसी करिब 2 हप्तालामो अस्ट्रेलिया मा आयोजित कारेक्रम मा सहभागी भएर आज स्वदेश फर्किनु भएको छ । वहालाई अन्तर्राष्ट्रिय बिमानस्थलमा नगरिक समाजका प्रतिनिधि एवम राष्ट्रबादी अभियानका अभियान्ता ज्योती किरण रिजाल अनन हमाल ,मौसम नेपाली , दिप केसी , एवम सञ्चारकर्मीहरुले भब्य स्वागत गरेका थिए भने डा केसी ले बिमानस्थलमा प्रतिक्रिया दिदै बिदेश मा रहेका नेपालीहरु माझ आफुले देश बिकासका निम्ति स्वदेश फर्किनकै लागि सबै सामु अपिल गरेको उल्लेख गर्दै ,देश को सासकिय थिती गलत भएकै कारण नेपाली जनताले दुख पाउदै आएको तथ्य बिदेशमा बस्ने नेपाली ले बुझेको विषय भए पनि अन्य ब्यवहारिक र घरायसी कारणहरुले मात्र नेपाली बिदेशमा बस्न बाध्य भएका हुन भन्ने तथ्य नजिक बाट बुझ्न पाएको आसय प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया