चित्र बहादुरको एक दर्दनाक कथा: छोरीलाई मार्थे होला ,गरिबीको कारण।परिवारले यसरी पोखे दुखेसो।(भिडियो सहित)

इनेप्लिज २०७६ असार १० गते १५:०४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसीले माक्सबादी आदर्श र बिचारलाई ब्यवहारमा लागू गर्न सकिँदैन भने कम्युनिस्ट हुनुको अर्थ पनि नरहने बताउनु भएको छ । चित्रबहादुर र वहाँका परिवार सग गरिएको विशेष कुराकानी मा नेता चित्रबहादुर र उन्को परिवारले भोगेका जीवन का थुप्रै दुख र संघर्ष का कथा समेत उद्द्घाटित भएका छन । दुखको कुरा त यो छ चित्र बहादुर केसी को सम्पती को नाउमा अहिले पनि ओइलेनी दुइकठ्ठा जमिन मात्र छ र उन्को एउटा पुर्खेउली जमिनमा भैसिको गोठ छ जुन गोठलाई नै उनले घर को रुपमा प्रयोग गरेका छन भने उनले अहिले सम्म आफ्नो घर बनाउन सकेका छैनन।

आफ्नी छोरी को जनबादी बिबाह को रमाइलो प्रसङ्ग सुनाउदै चित्रबहादुर ले पछि आफ्नो गरिबिको कारण ज्वाइले छोरिलाइ दिएको दुख को कुरा समेत भावुक बन्दै सुनाएका थिए । चित्र बहादुर को जीवन सङ्गिनी ले चित्रबहादुर को भुमिगत राजनीतिक पछि आफुले गरेका संघर्ष सुनाउनु भएको थियो भने छोरी भानु ले बुबाको गरीबीका कारण आफुलाइ दाइजो को निहुमा श्रीमान र उन्का परिवारले दिएको यातना र सम्बन्ध बिच्छेद को पछि को कारुणिक ब्यथा समेत मिडिया सामु पोखेकी छिन ।

प्रतिक्रिया