सामाजिक सञ्जाल टिक टकमा अभिनय गदैँ १० बर्षिय बालिका रजत पटमा प्रवेश

इनेप्लिज २०७६ असार १० गते ११:२५ मा प्रकाशित

शिव भटटराई , काठमाडौँ ।

सामाजिक सञ्जाल टिक टकमा अभिनय गदैँ नेपाली कलाकारिताको क्षेत्रमा निकै प्रवेश गरेका छन । त्यसै मध्येकी चर्चित टिक टक गर्ल हुन युना खड्का ।

हिमाल एकेडमी गुन्डु भक्तपुर मा कक्षा ५ मा अध्यनरत १० बर्षिय बालिका युना सानै उमेर देखी कलाकारितामा प्रवेश गर्न खोजि रहेकी छन ।

लुम्बिनी मुभी मेकरको ब्यानर मा शंकर अधिकारी घायलको गीत र लेखन अनि केदार मल्ल को संगीत र निर्देशनमा बन्ने नेपाली कथानक चलचित्र मा बाल नायिका भएर नेपाली रजतपटमा देखा पर्ने भएकी छन ।

छिट्टै फ्लोर मा जाने उक्त चलचित्र बाट चार जाना बाल कलाकार नेपाली रजतपट मा डेब्यु गर्दैछन् । स्थायी घर भक्तपुर गुन्डु भएकी १० वर्षिय बालिका नव बाल कलाकारको रुपमा आउने भएकी छन ।

उनको प्रतिभाको सम्मान गदैँ उनलाई रजत पटमा डेब्यु गराउने चलचित्र निर्देशक शंकर अधिकारी घायलले बताए ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=Gp8sLHQPMgo

प्रतिक्रिया