नेकपाकै भातृ संगठनले दियो अनसनरत विस्थापित परिवारलाई साथ

इनेप्लिज २०७६ असार १० गते ८:५७ मा प्रकाशित

बुटवल, १० असार । भूमिअधिकारका लागि क्रियाशिल सत्तारुढ नेकपाको जनवर्गिय संगठनले १६ घर परिवारलाई कबर्ड हल बनाउने नाममा विस्थापित गरिएको घटनाको बिरोध गरेका छन् ।

नेपाल भूमिहिन संगठनका केन्द्रिय सचिव सिद्धिचरण भट्टराईको नेतृत्वमा तथा अखिल नेपाल भूमिहिन संगठनका केन्द्रिय सदस्य भरत खनालको नेतृत्वमा रुपन्देहीका दुवै संगठनका जिल्ला अध्यक्ष बिरमान लामा र बीरबहादुर क्षत्रीसहित जिल्ला नेताहरुको सहभागितामा घटना स्थलमै संयुक्त बैठक बसेको थियो ।

बैठकपश्चात नेतृत्व सहित बुटवल उपमहानगरपालिका पुगेको टोलीले उपप्रमुख गुमादेवी आचार्यलाई भेटेर संगठनको ध्यानाकर्षण भएको र विस्थापित परिवारलाई तत्काल स्थापित गर्न माग गरेको हो । कवर्ड बन्नु राम्रो भएपनि आश्रित परिवारलाई विस्थापित गर्नाले त्यसले मानवता र वर्गीय पक्षधरतामै प्रश्न उठेको भन्दै तत्काल उनीहरुलाई स्थापित गर्ने काम नगरिए संगठन आन्दोलनमा उत्रने अवगत चेतावनी समेत दिइएको छ ।

अनसनरत आन्दोलनकारीको भावनामा ऐक्यवद्धतामा जनाउँदै आन्दोलनमा साथ रहेको संगठनले स्पष्ट पारेको छ । विस्थापित १६ घर परिवार भूमिहिन र सिमान्त श्रमजीवी वर्ग हुन । उनीहरु ४८ बर्ष अघिदेखि त्यहाँ बस्दै आएका छन ।

उनीहरु बसेको स्थान नगरपालिकाले आफ्नो दावी गरेपनि त्यो जग्गा श्री ३ महारानीको घोडाको तवेला स्थल रहेको नेपाल भूमिहिन संगठनका केन्द्रिय सचिव सिद्धिचरण भट्टराईले बताए । त्यो जग्गा सरकारी कायम भए÷नभएको प्रमाण एकिन छैन । बुटवल उपमहानगरले उक्त ठाउँमा पुरानो घर भत्काएर कवर्डहल बनाउने कार्य गरिरहेको छ ।

भेटका अवसरमा उपप्रमुख आचार्यले कार्यपालिकाले छानविन गर्न वडाअध्यक्ष राम प्रसाद रेग्मीको अध्यक्षतामा समिति बनाएको बताइन् । आफूहरुले वास्तविक भूमिहिनलाई स्थापित गर्ने प्रतिवद्धता पनि जनाइन् ।

प्रतिक्रिया