डा.सुरेन्द्रले दिए स्पष्टीकरण : म कसैको एजेण्ट होइन ,सिके राउतले देश लाई धोका दिएकै हो।(भिडियो सहित)

इनेप्लिज २०७६ असार ८ गते १२:४५ मा प्रकाशित

नेपालकालागी नेपाली अभियान का मुख्य अभियान्ता डा सुरेन्द्र भण्डारीले आफुमाथिलागेका आरोपहरुको स्पष्टीकरण दिदै भाबी योजना समेत प्रस्तुत गरेका छन । आफ्नो ब्यवसायिक जीवन मा बिदेशी भुमिमा विभिन्न सघ सस्थामा काम गरेको भएपनी नेपाल फर्किएपछि आफ्नो कुनै बिदेशी सस्था सग कुनै सम्पर्क नरहेको समेत दाबी गरेकाछन ।

आफुलाई अमेरिकी गुप्तचर सस्था सिआइएको सम्लग्न सस्थाहरुको निकट भएको आरोप तथ्यहिन र गलत भएको समेत बताएका छन । डा सिके राउतले जनतालाई धोका दिएको भन्दै भण्डारीले सिकेराउतलाइ बिखण्डनकारी मुद्दा छोडाउन आफुले जत्ती पहल कसैले नगरेको र सिकेराउतको अदालतमा मुद्दा हेर्ने र अन्तिम मा छुटाउने काम सम्भुथापा लगायतका ओकिलहहरुले नै गरेको र त्यस्मा आफू सम्लग्न नभएको समेत बताएका छन ।

प्रतिक्रिया