डा.दीक्षितको उग्र आक्रोस: हत्कडी लगाएर रेशमको उपचार गर्न पाईदैन | (भिडियो सहित)

इनेप्लिज २०७६ असार ७ गते १०:५३ मा प्रकाशित

नागरिक अगुवा एवम राजनितिक बिस्लेसक डा सुन्दरमणि दिक्षितले बिप्लबका सर्लाही नेता कुमार पौडेलको हत्याको जिम्मा प्रहरीले मात्र लिएर नहुने भन्दै निर्दोष नागरिकको उक्त हत्याको जिम्मा प्रचण्ड र केपीले लिनु पर्ने भन्दै गैर न्यायिक हत्याको बिरुद्ध बोल्दै आक्रोश व्यक्त गरेका छन । अमानबिय कार्य गर्नेहरुका बिरुद्ध अन्तरास्ट्रिय कानुन सक्रिय हुन सक्ने भन्दै आफ्ना बिगत बिर्सेर अमानवीय बनेका केपी प्रचण्डलाई पनि उन्का बिगतको इतिहासले अन्तरास्ट्रिय कानुन सक्रिय गराउन सक्ने तर्फ पनि सचेत गराएका छन ।

मान्छे मारेर मान्छेको सोच मर्दैन भन्दै सुन्दरमणीले बिप्लब को बिचार मारेर नमर्ने भन्दै यस्तो अमानवीय कार्य रोक्न सुझाव दिएका छन । थारु नेता रेसम चौधरीलाई हस्पिटलमा गरिने उपचारमा समेत बेडमा नेल र हत्कडि लगाएर राख्नु मानवता बिरुद्ध भएको भन्दै नेल र हत्कडी लगाएको अवस्थामा औषधि गर्ने डाक्टर सग समेत उनले आक्रोस ब्यक्त गरेका छन ।

प्रतिक्रिया