पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको खुलासा : अभिभावकको रुपमा राज सस्था राखे पनि ठिकै हुन्छ। (भिडियो सहित )

इनेप्लिज २०७६ असार ७ गते १०:४१ मा प्रकाशित

पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ले मुलुकमा जनताले राजनिती प्रती बिस्वास गर्न छोड्नु गम्भीर समस्या बन्दै गएको बताएका छन । नेताको कार्यसैली र भ्रष्ट जीवन सैलीले जनतामा बिस्वास कम हुँदै गएको भन्दै मुलुकमा वैदेशिक स्वार्थ बढेको भए पनि तिनलाई आफ्नो राष्ट्रिय स्वार्थमा हिडाउन सक्नु आजको मुख्य आवस्यकता रहेको उल्लेख गरेका छन ।

आफुलाइ देश र जनताले धेरै दिएको तर जनताकालागी आफुले केहि दिन नसकेको भन्दै उन्ले आफुले देश र जनताका निम्ति सकेको र गर्न सक्ने भुमिकाकोलागि सधै लागि पर्ने समेत बताएका छन । समग्र परिस्थिति माथी बिस्लेसणात्मक रुपमा प्रस्तुत भएका चन्दले सकारात्मक दृस्टीका साथ आलोचनात्मक टिप्पणी गर्दै मुलुकमा अभिभावकिय भुमिकाको निम्ति राजसस्था राखेर गए पनि फरक नपर्ने र त्यस्ले मुलुकको हित नै गर्ने धारणा समेत प्रस्तुत गरेका छन |

प्रतिक्रिया