प्रहरीको गोली लागेर विप्लबका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु

इनेप्लिज २०७६ असार ५ गते ११:१६ मा प्रकाशित

काठमाडौं, असार ५ गते । सर्लाही जिल्लामा प्रहरीको गोली लागेर प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लबको नेतृत्वको नेकपाका जिल्ला नेताको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेका छन् ।

दुईवटा मोटरसाइकलमा आएका चारजना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको थियो ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको हो ।

प्रतिक्रिया