ज्ञानेन्द्र शाहीविरुद्ध मुकुन्देको हमला, सीए फेल भएपछि दुई तिहाई सरकारविरुद्ध खनिएको आरोप

इनेप्लिज २०७६ असार २ गते २२:५१ मा प्रकाशित

काठमाडौं । ‘मुकुन्दे’ नामले चर्चा कमाएका मुकुन्द घिमिरे कुनैबेला रत्नपार्कमा रुखमा बसेर भाषण गरेर चर्चित थिए । तर, तिनै मुकुन्दे यतिवेला रुखमा भाषण गरेर भन्दा पनि सामाजिक सञ्जालमा चर्चित अनुहारहरुलाई कटाक्ष गरेर चर्चामा छन् । मुकुन्देका ट्वीट पनि बेला बेलामा सामाजिक सञ्जालमा चर्चाामा आउने गर्छन् । मुकुन्देका हरेक विषयमा आफ्नै खाले तर्क हुन्छन् । यतिवेला पनि मुकुन्दे एउटा अन्तरवार्ताका कारण सुामाजिक सञ्जालमा चर्चित बन्न पुगेका छन् ।

उनले बाल गायक अशोक दर्जी, सञ्चारकर्मी रबि लामिछाने, ज्ञानेन्द्र शाही तथा ज्योतिष अजुर्न क्षेत्रीसम्म सबैको चर्को आलोचना गर्न भ्याए । मुकुन्देले ज्ञानेन्द्र शाहीमाथि चर्को हमला गरेका छन् । उनले ज्ञानेन्द्र शाहीले भारतमा गएर सिए पास गर्न नसकेको पीडा र बेरोजगारको छटपटी दुईतिहाईको सरकारमाथि ओकेलेको आरोप पनि लगाए । मुकुन्देले गणतन्त्र ल्याउन कुनै योगदान नभएका ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रकै पथमा हिँड्ेन खोजेको समेत भन्न भ्याए ।
भिडियो हेर्नुसः

प्रतिक्रिया