सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री अव भने चलचित्रमा खेल्ने भएकी छन । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङख्लामा आफनो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।
राम्रो कला भएकी ११ बर्षिया बाल कलाकार योगिसा खत्रीको अभिनय कला बाट आफु निकै प्रभावित भएको उनले बताए । अभिनय एवम नृत्यमा अब्बल भएकै कारण बाल नायिका बन्ने पक्का भएको उनले बताए । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको नेपाली कथानक चलचित्रमा बाल नायिकाको रुप मा देखा पर्दैछिन। छिट्टै छाँयाकन गर्ने तयारीमा रहेको उनले बताए । योगिसा खत्रीलाई हाम्रो तर्फबाट सफलता को शुभकामना !
https://www.youtube.com/watch?v=bLjEFdOs_IE
प्रतिक्रिया