नायक सलिन मान बनियाँले भेटे आफ्नो क्रेजी फ्यान ( भिडियो सहित )

इनेप्लिज २०७६ असार १ गते ९:५९ मा प्रकाशित

नायक सलिन मान बनियाँ आफ्नो चलचित्रको प्रदर्शन समयमा मात्रै मिडियामा देखा पर्छन र आफ्नो फ्यानलाई भेट्छन् । उनलाई भेट्न साधारण ब्यक्ति त परै जाओस मिडियाले पनि उनलाई बिशेष कामको लागि मात्रै भेट्न पाउछन् । उनलाई भेट्न चाहने उनका फ्यान धेरै नै छन् । बोल्न र सुन्न नसक्ने सुजल बम उनको ठुलो फ्यान हुन् ।

८ महिनामै जन्मेकी सुजल सुन्न र बोल्न त सक्दिनन तर उनमा अध्भुत प्रतिभा छ । उनी साधारण ब्यक्ति भन्दा फरक लाग्दिनन । नाच्न, र्याम्प वाक गर्न र अरुको नक्कल गर्न सिपालु सुजलको अध्भुत क्षमता र सुन्दरताले धेरैको मन खिचेको छ । MISS SEE को उत्कृष्ट उपाधी जितेसङै उनको चर्चा परिचर्चा भयो । उनले नायक सलीन मान बनिया आफुलाई मन पर्ने र उनी सँग भेट्ने इछ्या राखिन् र सलीनले आफ्नो क्रेजी अनी प्रतिभाशाली फ्यान सुजललाई भेटे ।
भिडियो हेर्नुस :

प्रतिक्रिया