लोक पप गीत कती राम्री सानीनानी भिडियो सार्वजनिक

इनेप्लिज २०७६ असार १ गते ९:३८ मा प्रकाशित

गायक कौडा बुढा मगरको कती राम्री सानी नानी बोलको लोक पप गीत सार्वजनिक भएको छ । स्वर, शब्द अनी संगीत कौडा बुढाकै रहेको उक्त गीत लोक पप बिधामा रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन्, क्यामेरा तथा सम्पादन भुवन सिं थापाले गरेका छन भने गीतको संगीत सम्योजन चर्चित संगीतकार सरोज लामाले गरेका हुन ।

हालै मात्र युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा स्वयम गायक कौडा बुढा मगर र आस्था तामाङको अभिनय देख्न सकिन्छ । जापानको बिभिन्न रमणीय ठाउँमा छायांकन गरिएको उक्त गितको भिडियोमा हिउँ परेको समय तथा साकुरा फूल फुल्ने छोटो समयको सुन्दर दृस्यहरु कैद गर्न भ्याएका छन

गीतको युट्युब लिन्क :

प्रतिक्रिया