महंगो हुस्की खाएर सडक किनारमा पिसाब गर्नेलाई के भन्ने ?(भिडियो )

इनेप्लिज २०७६ जेठ ३० गते १०:३० मा प्रकाशित

महंगो हुस्की खाने विलाशी गाडीमा हुइकिने तर जथाभावी फोहर गर्नु हुन्न भन्ने चेतना यो २१ औं शताब्दीमा हामी महानगरबासीहरुमा समेत नहुनु एउटा विडम्बनापूर्ण स्थिति हो । केही सय मानिस जागेर सफलाई अभियान चलाइरहे पनि सरसफाईका विषयमा सरकार चुकेको छ ।

मुलुक विकासका लागि सरसफाई महत्वपूर्ण कडी हो । सरसफाईबाटै शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिक तयार हुन्छ । अहिले वाग्मती सफाई महाअभियान अनि चक्रपथ सफाई अभियान चलिरहेको छ । हरेक हप्ता व्यापक जनसहभागिताकाबीच सफाई हुन्छ तर नतिजा सोचेजस्तो भएको छैन ।

न वाग्मतीमा सलल माछा पौडन सके न चक्रपथ धुलोरहित भयो ? यसको एउटा प्रमुख कारण हो राज्यको उदासिनता अनि आफूलाई सम्पन्न, सभ्य देखाउनेहरुको चरित्र ?

उपरोक्त टिप्पणी हुन् चक्रपथ सफाई अभियानका संरक्षक, कलाकार तथा पत्रकार श्रीकृष्ण सिम्खडाको । वातावरणीय सफाईसंगै राजनीतिमा पनि सफाईको आवश्यकता देख्नुहुने सिम्खडाले भिजन नेपाल एचडीसंगको कुराकानीमा मुलुकको पछिल्लो अवस्थाका बारेमा पनि सटीक टिप्पणी गर्नुभएको छ ।

नेपालमा क्यारिकेचरको जन्मदाताका रुपमा स्थापित सिम्खडाले कुराकानीका क्रममा मुलुकका शीर्ष नेताहरुको आवाजमा वर्तमान राजनीतिक अवस्थाको चित्रण पनि गर्नुभयो ।

उहाँसंग समसामयिक विषयमा गरिएको भिडियो कुराकानी

प्रतिक्रिया