नेपाल आएपछि आफ्नै प्रतिष्पर्धीको नक्कल गर्दै अन्तरबार्तामा पहिलोपटक मज्जाले खुले प्रितम (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ २८ गते २२:५० मा प्रकाशित


ईटहरी/ ईटहरिको छोरा नेपालको सान प्रितम नेपाल फर्की सकेका छन् । ६ महिना लामो मुम्बईको बसाई पछि उनि नेपाल फर्केका हुन् । सारेगमप लिटिल च्याम्प्समा सहभागी हुने मुम्बई पुगेका उनि फाईनलमा सेकेण्ड रनरअप हुदै २७ गते सोमबार आफ्नो गृहनगर ईटहरी आईपुगेका हुन् । नेपालमा उनलाई भब्य स्वागत गरिएको थियो । सार्बजनिक अन्तरबार्तामा प्रितमले मज्जाले खुलेरै कुराकानी गरेका छन् । हेर्नुस उनि संगको रमाईलो कुराकानी ।

उनले अन्तरबार्तामा आफ्नो प्रतिष्पर्धी साथीको पनि नक्कल अर्थात क्यारिकेचर गरेका छन् भने बिजेता लाई हिन्दि भाषामै सुभकामना दिदै भारतमा रहेका आफ्नो सुभचिन्तकहरुलाई समेत हिन्दीमा धन्यवाद दिएका छन् । उनको गायन कलाको त चर्चापरिचर्चा छदै थियो उता उनको प्रस्तुति शैलीले पनि सबैलाई एकबद्ध पारेर बाधेको थियो । आफ्नो गृहनगर आएका प्रितमलाई ईटहरी उपमहानगरपालिका ले ‘बाल सद्भावना दुत’को घोषणा पनि गरेको छ भने नगद पुरस्कार सहित सम्मान पनि केहि दिनभित्रै गर्ने उपमेयर लक्ष्मी गौतमले जानकारी गराएकी छिन ।

प्रतिक्रिया