राष्ट्र निर्माण शक्तिका अध्यक्ष सुरेस गिरिले मुलुक छ महिना भित्रै गम्भीर षड्यन्त्र को सिकार बन्ने अवस्था आएकोले देशका बारे सोच्ने नेपालीहरुले अब एकजुट बन्ने कुरा ढिलाहुन लागेको भन्दै जनतालाई सचेत हुन आवहान गरेका छन भने अधिकार कर्मी देबु कुमारी पराजुलीले युवा शक्ति पलायन गर्दा गौरव गर्ने सासक र शासन नेपालमा रहिरहने हो भने राष्ट्रियताको रक्षा र देश बिकासको सपना केवल भ्रम मात्र बन्ने बताएकी छिन ।
सरकारका अर्थ मन्त्री र उन्ले गरेको बजेट भासण बारे कठोर ठिप्पणी गर्दै देबु ले नेताहरु अझै पनि गाउको बिकास बारे गम्भीर नभएको आरोप लगाएकी छिन । एक अनलाइन सगको बिचार उत्तेक कुराकानी को क्रम मा युवा नेता सुरेस गिरि ले इटहरी को द्वन्द पत्रकार र मेयर बिच नभएर मेयरको चरित्र हत्या गर्न खोज्ने केही माफियाहरु र बिचौलियाहरु सग मात्र भएको भन्दै कसैले अनावश्यक रुपमा इमान्दार जनप्रतिनिधि मा अन्याय गर्न खोजे आफुहरुले त्यस्को काठमाडौ बाटै प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन ।
प्रतिक्रिया