हरेक नेपालीको घरमा ज्ञानेन्द्र शाही जस्तो छोराको जन्म होस् : नम्रता वाग्ले (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ २५ गते १९:४२ मा प्रकाशित

पिएनपिखबर : ज्ञानेन्द्र शाहिलाई रिहा गरेपछि उनका समर्थकहरु यतिबेला खुसि व्यक्त गरिरहेका छन्। शाहीको रिहाईपछि भ्रस्टचार बिरुद्ध उठाएको आवाजमा थप उर्जा पुगेको नम्रता वाग्लेले बताएकी छिन। देश बदल्न हरेक नेपालीको घरमा ज्ञानेन्द्र शाही जस्तो छोराको जन्म हुन जरुरि छ र देशमा भैरहेको गलत बिरुद्ध आवाज उठाउदा आफ्नो ज्यान गुमाउनु परे पनि आफु तयार रहेको उनले अभिव्यक्ति दिएकी छिन।

नम्रता वाग्लेले केहि समय अघि नेपाली नगरिकता बिधेयक बिषयमा एक भिडियो सामाजिक संजालमा पोस्ट गरेकी थिइन। त्यतिबेला सामाजिक संजालहरुमा उनलाई पक्राउ गर्न भनि प्रहरीलाई आदेश गरिएको खबरसमेत बाहिरिएको थियो। त्यस बिषयमा उनि भन्छन ‘मैले अन्जानमा नेपाली नगरिकता बिधेयक बिरुद्ध उठाएको आवाज बस्ताबमा देश भक्ति रहेछ। त्यसको महसुस आज आएर भैरहेको छ। गृह मन्त्रालयले प्रकाउ आदेश आएको कुरा बस्ताबमा फेक रहेछ र मलाई प्रहरीले पक्राउ गरिएन पनि। अब म मेरो अन्तिम सास रहुन्जेल नेपाली नगरिकता बिधेयक बिरुद्ध सँधै डटेर लागि रहनेछु।’

नेपाली जनता सडकमा नउत्रेसम्म सरकारमा कुरा नपुग्ने भएका कारण अब हामी सबै नेपालीले जहाँ जुन बेला गलत भैरहेको छ। त्यसको आवाज उठाउने बानी बसाल्न जरुरी रहेको उनले बताए।

बाँकि हेर्नुहोस भिडियोमा

प्रतिक्रिया