उहाँहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजुको रकम रु २० अर्ब २६ करोड पुगेकामा चिन्ता व्यक्त गर्दै बेरुजु फछ्र्योटमा ध्यान दिन, सप्तरी जिल्लामा गत वर्ष हात्तीको आतङ्कबाट १९ जनाको मृत्यु भएको हुँदा हात्ती आतङ्क रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसरी सरकारको ध्यानाकर्षण गराउनुहुने सांसदहरुमा ज्ञानेन्द्रकुमार कार्की, हिरा गुरुङ, सञ्जकुमार गौतम, सुजाता परियार, सीतादेवी यादव, सरिताकुमारी गिरी, विरोध खतिवडा ,ज्ञानकुमारी छन्त्याल, विमला विश्वकर्मा, लालकाजी गुरुङ, लक्ष्मी परियार हुनुहुन्थ्यो ।
प्रतिक्रिया