पिएनपिखबर, भक्तपुर : राष्ट्रिय ट्रमा सेन्टरमा ज्ञानेन्द्र शाहीको समर्थन जनाउदै नर्स सीमा घतानी पुगेकी छिन। आफु नर्स भएको नाताले ज्ञानेन्द्र शाहीको स्वास्थ्यस्थिति बुझ्दा अझैपनि दयनिय रहेको बताएकी छिन । देशको भलो चिताउदा, भ्रष्टचार,अत्याचार, बलात्कार, हत्याहिंसाको विरुद्धमा बोल्दा उल्टै यातना दिइएको भन्दै ठुलो खेद व्यक्त गरेकी छिन् ।
आम नागरिक जागरुक हुने आवाज उठाइरहँदा सामाजिक सन्जाल युट्युबमा उहाँको सुसुचित आवाज सुनेपश्चात समर्थन जनाउदै अदालत सम्म पुगेकी नर्सले ज्ञानेन्द्र शाहीको विषयमा रिहाइको समेत माग गरेकी छिन।
आफ्ना सबै रोजीरोटीहरु त्यागेर देश र जनताको भलाइको निमित्त अग्रसर एक सच्चा सामाजिक अभियनता ज्ञानेद्र शाही उपरको आक्रमण अत्यन्तै निच र निन्दनीय रहेको उनको भनाइ छ। यसले गर्दा आफु लगाएत सम्पूर्ण नागरिक विछिप्त भएको र यसको घोर निन्दा गर्नुपर्ने उनको अभिव्यक्ति रहेको छ।
प्रतिक्रिया