ज्ञानेन्द्र शाही माथि कसले गर्यो आक्रमण ? : बालकृष्ण न्यौपाने (भिडियो)

इनेप्लिज २०७६ जेठ २३ गते ११:०४ मा प्रकाशित

पिएनपिखबर : सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको उपचार नै नसकी अस्पतालबाट निकाल्न खोजिएकोमा बालकृष्ण न्यौपानेले आपत्ति जनाएका छन् । प्रहरी प्रशासनले अस्पतालको चिकित्सकलाई समेत् शाही एक विप्लबको कार्यकर्ता रहेकोले उपचार गर्न हुँदैन भनिरहेको उनले बताए ।

सरकारले जनता सचेत भएको कारण शाहीलाई आक्रमण गरी मार्ने योजना रहेको उनको आरोप छ। भ्रष्टचार विरुद्धको आवाज दवाउनलाई भ्रष्टचारीले शाहीलाई मराशान्न अवस्थामा पुराइएको उनको टिप्पणी छ।

उनले भने, ‘यो भ्रष्टचारीले गरेको आक्रमण हो। भ्रष्टचार मात्रै छ देशमा। लुटतन्त्र नै लुटतन्त्र छ। देशमा न्याय, कानुनको व्यवस्था खस्किदै गएको छ। सरकारले यस्तै तानाशाही रुपमा जाने हो भने जनताले आफै सत्ता परिवर्तन गर्न अघि बढ्छन।’
हेर्नुहोस भिडियो :

प्रतिक्रिया