बरु मलाई बृद्धभत्ता चाहिँदैन ज्ञानेन्द्र शाहीलाई बचाइदेउ सरकार भन्दै धुरुधुरु रोइन यी आमा (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ २३ गते ०:०८ मा प्रकाशित
पिएनपिखबर : ७१ बर्षिया हिरा देबी तन्दुकार ज्ञानेन्द्र शाहीको समर्थनका लागि ट्रमा सेन्टर आइपुगेकी छिन। ज्ञानेन्द्र शाहीमाथि प्रहरीले गरेको दुर्ब्यबहार बारे सुनेर नै उनि ट्रमा सेन्टर आइपुगेकी हुन्। उनि आफै हड्डी खिइने समस्याका कारण हिड्न सक्दिनन्। तर पनि देशको मायाले आफु शाहीलाई भेट्न र समर्थनको लागि आउनु भएको उनले बताए।

 

सामाजिक संजालहरुमा ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्तिहरु हेरेर नै उनि प्रभावित भएकी हुन्। देश बचाउनका लागि शाही जस्तै युवाको खाँचो छ। बिगत २ महिना देखि उनि शाहीलाई भेट्न खोजिरहेका थिए। शाही जस्तो युवा यसरी एकैचोटी तात्न नहुने थियो। देश बचाउन भनि लागि परेका युवाको आवाजलाई दबाउनका लागि सरकारले यसरी यातना दिन नहुने उनले बताएकी छिन।

हाम्रो देश नेपालको झण्डा मात्रै बेच्न परे आफु ज्यान दिन तयार रहेको उनले रुदै बताइन। भ्रष्टचारले भरिएको शासनमा युवाहरु सबै बैदेशिक रोजगारका लागि जान्छन। कति लास बनेर आउछन। आमाको आफ्नै भाइ खाडीमा कमाउन गएको बेला भाई बुहारी अर्कै युवासंग भागेपछि भाइले आत्महत्या गरेका थिए। यसो हुनुको मुख्य दोषी हाम्रो सरकार रहेको उनले बताए।

नेपालको मुख्य ब्यापारिक केन्द्र मानिने न्युरोड, असन, बौद्ध बिदेशी नागरिकहरुले भरिसकेको छ। अरु हाम्रो देशमा मालिक बनेर राज गरिरहेका छन्। हाम्रो युवा नोकर गर्न अरुको देशमा गएको देखेर मन दुखेको उनले रुदै बताईन। यहि देशमा जन्मेर हामी यहि मर्नु छ। बरु हामीलाई बृद्ध भत्ता चाहिएन। मेरो देश बचाउन खोज्ने युवालाई बचाइ दिनुहुन् उनले आग्रह गरेका छन्।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया