सुदूरपश्चिमको एउटा ठिटो जसले देखे रवीन्द्रलाई यसरी अनि बनाए मूर्ति (भिडियो कुराकानी)

इनेप्लिज २०७६ जेठ २२ गते २१:२६ मा प्रकाशित

देश र जनताको कामको सिलसिलामा फागुन १५ गते पाँचथरमा हेलिकोप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री स्व. रवीन्द्र अधिकारीले जनताको मन कसरी जित्नुभएको रहेछ भन्ने दृष्टान्त मूर्तिकार महेन्द्रबहादुर पुन हुन् ।

डडेल्धुराका विकट गाउँमा जन्मेका पुनले अधिकारीको निधनलगत्तै आफ्नो मन थाम्न सकेनन् र एउटा संकल्प गरे त्यो विकासप्रेमी, समृद्धिको संवाहक, हँसिलो र फूर्तिलो अभियन्तालाई जीवन्त तुल्याउनुपर्छ र लागिपरे मूर्ति बनाउन । झण्डै एक महिना अवधी लगाएर उनले अधिकारीको जीवन्त मूर्ति बनाए ।

उनले किन मूर्ति बनाए ? के अधिकारीभन्दा ठूला नेता थिएनन् र ? पुनको उत्तर छ मूर्ति जसको पनि बनाउन सकिन्छ तर स्वस्फूर्त रुपमा मूर्ति बनाउन मनले खाएको मान्छे हुनुपर्छ । स्व. अधिकारीको काम गर्ने शैली, विकासप्रेम र समृद्धिको अभियानले उनलाई आकर्षित गर्यो र लागिपरे अधिकारीको मूर्ति बनाउन ।

प्रतिक्रिया