देशको लागी ज्ञानेन्द्र शाही एक्लै लड्दा खै त नेपाली युवाहरुले सरकारलाई दबाब दिन सकेको : नर्स दिक्की शेर्पा (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ २२ गते ११:०७ मा प्रकाशित
पिएनपिखबर : शहीद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स दिक्की शेर्पा नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीको समर्थन गर्दै ट्रमा सेन्टर आइपुगेकी छिन। उपचारत शाहीको स्वास्थ्य अवस्था बुझ्न र समर्थनको लागि उनि ट्रमा सेन्टर आएकी हुन्।

 

शाहीलाई इमर्जेन्सी वार्डमा लैजाने क्रममा पनि प्रहरी जवर्जस्ती गरेकोमा उनले आपत्ति जनाएकी छिन। हुन् त् देशै भरि शाहीको समर्थकहरुले आवाज उठाईरहेका छन्। तर पनि सरकारलाई दबाब दिन कम भएको उनि बताउछिन। सरकारलाई दबाब दिन नसक्दा ज्ञानेन्द्रको स्वास्थ्यमा गम्भीर असर देखा पर्न सक्ने उनले बताए।

शाहीको लागि एक जना मात्र डाक्टर खटाएका कारण उपचारमा हेलचेक्र्याई भैरहेको र समर्थकहरुले अझै सरकारलाई दबाब दिनुपर्ने देखिएको उनले व्यक्त गरेकी छिन।

केहि दिन अघि मात्रै उनि नर्सहरुको हितका लागि विभिन्न माग राख्दै १२ दिन अनसन बसेकी थिइन्।

बाँकि हेनुहोस भिडियोमा :

प्रतिक्रिया