मुलुकको निम्ति राजासहितको हिन्दु राष्ट्र चाहिन्छ : महासचिव अस्मिता भण्डारी (भिडियो)

इनेप्लिज २०७६ जेठ २० गते ११:०४ मा प्रकाशित

पिएनपिखबर : विश्व हिन्दु महासंघ महासचिव अस्मिता भण्डारीले मुलुकको निम्ति राजा सहितको हिन्दु राष्ट्र आवश्यक रहेको बताईन। नेपाल एक मात्र सिंगो हिन्दु राष्ट्रको पहिचान भएको देश रहेको भण्डारीले दावी गरिन।

उनले भनिन्, ‘हाम्रो धार्मिक र सांस्कृतिक कुरा राजसंस्थासँगै जोडिएका छन् । हाम्रो धार्मिक संस्थाले राजालाई अभिभावक मानेको छ । त्यसकारण राजसंस्था कुनै न कुनै रुपमा फर्किनुपर्छ आवश्यक छ।’

गणतन्त्रले देशको संविधान बदलियो तर जनताको लागि केहि नगरेको कारण असन्तुष्ट बढ्दै गएको उनको भनाई छ। धर्मनिरपेक्ष राज्य भएपछि त्यसको दूर्गति यतिबेलो राज्यले भोग्नुपरेको भन्दै उनले वर्तमान सरकारको खरो आलोचना गरिन् । सर्वत्र भ्रष्टचारको सामुहिक जालो बन्दै आएको कारण यसको निर्मुलत्ताको लागि जनता आफै जिम्मेवार हुनु पर्ने उनको तर्क छ।

राजा फर्काउन महासंघमात्र नभएर नेपाली जनता पनि आतूर भएको उनको भनाइ छ। उनले भनिन्, ‘राजाले राजगद्दी छोडेपछि मात्रै राजनीतिक दललाई स्वतन्त्रता दिए। राजसंस्था हटेको छ अरु भन्छन तर मेरो लागि हटेको छैन।’ संविधानमा ल्याइएको धर्मनिरिप्क्ष कुनै धर्मालाम्वीको हितमा छैन भन्दा भन्दै जनमतलाई फ्याकिएको उनको आरोप छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया