भारतीय चुनाबको एक चर्चा

डिग बहादुर तामाङ्ग, मेरिल्याण्ड अमेरिका २०७६ जेठ २० गते १:२६ मा प्रकाशित

बिश्वलाई नै चकित पार्ने भारतीय लोकसभाको चुनाब, हरेक पाँच बर्षमा आउने भारतीय लोकसभाको चुनाबले बिश्वको धेरै देशहरुलाई आश्चर्य चकित पारेको छ । झण्डै एक अरब एक सय करोड जनसंख्या भएको भारतले विश्वमा धेरै प्रकारका अप्ठ्यारोहरुको बाबजुद पनि एउटा परादर्शी प्रजातन्त्रात्मक देश हो भनेर आफ्नो पहिचान बिश्व सामु लिएर उभिएको छ । नौ सय करोड मतदाता भएको देशमा छ सय करोड जनसंख्याले झण्डै ३९ दिन लामो समय चुनावी मैदानमा उभिएका उमेदवारहरुलाई आफ्नो वयस्क मताधिकार प्रपोग गरि लोकसभाका ५४३ जना सभासदहरुलाई चुनेर पठाइएका छन् ।

भारतीय जनता पार्टीले ३ सय ३ सिट प्राप्त गरेका थियो भने भारतको संविधान अनुसार जुन पार्टीले २७२ मत प्राप्त गर्न सक्यो उही पार्टीले सरकार बनाउने चलन बमोजिम भारतीय जनता पार्टी नरेन्द्र दामोदर मोदिको नेतृत्वमा सरकार गठन भै सकेको छ । प्रत्यक्ष चुनावबाट ५४३ सिट जितेर लोकसभाका सदस्य हरु हुन भने एंग्लो इृन्डियन कोटाबाट दुइ जना राष्ट्र्पति द्धारा मनोनित समेत गरि जम्मा ५४५ सिटको लोगसभाको चुनाब हालै पाँच बर्षका लागि सकिएको छ ।

पारिवारिक राजवंशको (फेमिली डाइनास्टी) आधारमा लोकसभाको चुनाब जित्ने दिन भारतमा बिलिन भएर गएको यसपालीको चुनावले देखाएको छ । उदारणका लागि भारत ब्रिटिशराजबाट स्वतन्त्र भएपछि प्रथम लोक सभाको चुनाव अक्टोबर महिनामा १९५१ देखि शुरु भएर १९५२ फरवारीमा समाप्त भएको थियो । त्यसचुनाबमा भारतको प्रथम प्रधान मन्त्री जोहरलाल नेरुले ३६४ सिट प्राप्त गरेका थिए ।राहुल गान्धीका बाबु राजिब गान्धीले १९८४ को चुनावमा ४१४ सिट प्राप्त गरेका थिए ।

त्यसैले विश्वभर गान्धी परिवार भनेको भारतको सबैभन्दा पुरानो र खानदानी राजनैतिक पार्टि हो भनेर चिन्थ्यिो ।हालैका २०१९ लोकसभाको चुनावमा जवाहर लाल नेरुकी छोरी प्रथम महिला प्रधान मन्त्री इन्द्रीरा गान्धीकी छोरा राजिव गान्घीका र सोनिया गान्धीको छोरो राहुल गान्धीले कांग्रेस आईको नेतृत्व सम्हाले देखि यसपालीको चुनाबमा ५२ सिटमात्रै प्राप्त गरेर भारतीय जनता सामु खुम्चिएर बस्नु परेको छ ।

मोतिलाल नेरुको नेतृत्वमा १९१९ स्थापित भारतीय राष्ट्रिय काँग्रेसको हार यसपालीको लोकसभाको चुनावमा नमिठो तवरले स्वीकार्नु परेको छ । मोतिलाल नेहरु आर्जन गरेको सम्पती आनन्द भवनमा नै राहुल गान्धीकी हजुर आमाको जन्म भएको थियो । नेहरु परिवारको अथाह सम्पती भित्र खाए खेली बसेका गान्धीपरिवार साधारण भारतीय जनताको घरदैलोमा पुग्न नसेको आरोव पनि गान्धीपरिवारलाई लागेको छ साधारण जनताहरुबाट ।

के अब आएर नेपालमा फेमिली डाइनस्टी समाप्त भएझै भारतमा पनि भएकै हो त ?

यदि नेपालको ईतिहासमा भीमसेन थापा रण बहादुर थापाको मुख्य नबनेको भए, आफना छोरि पट्टिका सन्तान जंगबहादुर कुँवारको उदय हुने नै थिएन । गगन सिंह खवासको हालिमुलि हुन्थ्यो । त्यस्तै भारतमा पनि मोतिलाल नेहरुले बालिष्टर भएर सम्पती नकमाएको भए गान्धीपरिवारको हालिमुलि नभएर अर्कैको हुन्थ्यो होला ।

के नरेन्द्र दामोदरमोदिले यसपालीको विजयसंगै भारतीय आर्थिक क्षेत्रमा सुधार ल्याएर, साधारण व्यक्तिहरुको जीवनस्तर उठाएमा उनि जसरी अहिले चम्केका छन झनै चम्किने छ । ११ मिलियन सौचालय साधारण जनतालाई बाँडर, सबैमहिला तथा बालबालिकहरुलाई निशुल्क बिद्यालयमा पठाएर, बिना भेदभाव सबैका घरदैलोमा पुगेर यसपालीको लोकसभाको चुनाब भारतीय जनतापार्टीलाई विजय गरेका हौं भन्नेहरुको आशालाई निरासा नपारेर छिमेकीदेशहरुसंग कुटनैतिक मर्यादा राखेर साशन चलाएमा मोदि सरकारले अर्को पाँचबर्षपछि पनि जित पाउने छ भन्ने विश्वास भारतीय जनताहरले विश्वास गरेका छन ।

नरेन्द्र दामोदर मोदिको व्यक्तिगत आचरणको कारणले पनि भारतीय जनतापार्टी चम्केको देखिन्छ । हरेक समय मठ मन्दिरमा गएर पूजापाठ र ध्यानगर्ने व्यक्तिले हालेै माई महिनामा १०७ बर्षको निजामुदिन बृद्धाको खुट्टा समाएर ढोगेपछि मोदिले आफनो इज्जत झनै चम्काएका छन ।

सन १९४७ अगष्ट महिनामा स्वतन्त्र भएपछि भारतको संविधानमा धर्म निरपेक्ष भएतापनि विभिन्न कालखण्डमा जातीवाद धर्म सम्बन्धी दुर्गन्ध नभएको होइन । ९६६ मिलियन हिन्दुहरु अथवा ७९ प्रतिशत हिन्दुहरु भएको भारतमा जहिले १७२ मिलियन जनसख्या भएको मुस्लमान, २८ मिलियन ईसाई धर्मावलम्बीहरु २० मिलियन सिखहरुले जनसंख्या भएको अल्पसंख्यक जनता आफूहरु बहुसंख्या हिन्दुहरुबाट डरतर्साई मोदिजीले बिभिन्न जनजातीहरुको मान मर्यादा राखेर समाप्त पारि दिएका छन । कठोर हिन्दुवादी सिद्धान्तलाई सबैको आत्मलाई सम्मान गरेर देखाएका छन ।

स्रोतहरु विभिन्न पत्रपत्रिकाहरु भरतका ईतिहास ।

प्रतिक्रिया