कानुन मिच्नेलाई किन कारवाही हुदैन ? ज्ञानेन्द्र समात्नेले प्रचण्ड किन समात्दैन ? : डा सुरेन्द्र भण्डारी (भिडियो)

इनेप्लिज २०७६ जेठ १९ गते १३:४४ मा प्रकाशित

पिएनपिखबर : प्रत्येक शनिबार ‘नेपालका लागि नेपाली’द्वारा आयोजना हुने भ्रष्टचार विरुद्धको कार्यक्रम आज शनिबार पनि जारी छ। ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै माइतीघर मण्डला देखि वानेश्वरसम्म ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ताहरुले शान्तिपूर्ण र्याली गरेका छन्। ज्ञानेन्द्र शाहीमाथि भएको अमानवीय व्यवहारको विरोध गर्दै यस अभियानले उग्र रुप लिएको छ।

कार्यक्रममा सहभागी भएका डा सुरेन्द्र भण्डारीले भ्रष्टचारविरुद्ध आवाज उठाउने व्यक्तिलाई दमन गर्न सुनियोजित काम भएको बताएका छन्। सार्वजनिक तथ्यसाथ बोल्दा साइबर क्राइमको मुद्दा लगाई प्रत्येक अभिव्यक्तिहरु कुण्ठित गराउन खोजिएको उनको टिप्पणी छ। भ्रष्टचार विरुद्ध आवाज दबाउनलाई साइबर क्राइमको हतियार अपनाएको उनको आरोप छ। ज्ञानेन्द्र शाहीमाथि भएको व्यवहारले मानव अधिकार र प्रेस स्वतन्त्रता समेत् हनन् भएको भण्डारीको भनाई छ। सत्तामा रहेको व्यक्तिलाई रिजाउन गरिएको यस्तो कार्यले भ्रष्टचारलाई संस्थागत गर्न झनै मद्दत मिल्ने उनले जनाए।

सरकारले भेदभाव गरेको भन्दै उनले भने, ‘दुई दिन अघि प्रचण्ड पुष्पकमल दाहालले भ्रष्टचारले मुलुक आक्रान्त भएको छ भनेका थिए उनलाई प्रहरीले पक्रिएन तर ज्ञानेन्द्र शाहीले भ्रष्टचार विरुद्ध बोल्दा उनलाई पक्रिने। यसले सरकारले भेदभाव गरेको देखिन्छ।’ ज्ञानेन्द्र शाही सँगै हिरासतमा रहेका नौ जनामाथि पनि कुटपिट भईरहेको भण्डारीले जनाए।

घाइते भएको ज्ञानेन्द्र शाहीको स्वास्थ्य अवस्था बारे जानकारी गराउदै भण्डारीले भने, ‘उनको शरीर सुनिएको छ। खुट्टामा पालस्टर लगाइएको छ, भमिट भईरहेको छ उनी आफै दिसाबपिसाब गर्न समेत् जान सक्ने अवस्था छैन। उनलाई मानसिक पनि यातना भएको छ। यस्तो अवस्थामा पनि छिटो डिस्चार्ज गर भनिरहेका छन्।’

प्रतिक्रिया