शुक्रबार, साउन ३ २०७६
काठमाडौं ००:००
वासिङटन डिसी 14:15

गायक राजु लामाको ‘जुन झैँ मुहार’ चर्चामा

रोशन मेवाहाङ्ग- २०७६ जेठ १९ गते ११:५३ मा प्रकाशित

रोशन मेवाहाङ्ग-

लण्डन । चर्चित ब्याण्ड मंगोलियन हर्ट राजु लामाको नयाँ म्युजिक भिडियो ‘जुन झैँ मुहार’ बोलको गीत लामाले आफ्नै सामाजिक संन्जाल युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

पोखरा शहर देखि करिब दुई घण्टाको यात्रामा पर्ने एकदम रमणिय स्थल ल्वाँङमा छायाँकन गरिएको यस म्युजिक भिडियोमा नेपाली माया प्रेम, सत्कार र संस्कारलाई नेपाली कौडा भाकामा सरल तरिकाले प्रस्तुत गरिएको देखिन्छ ।

नेपाली सांगीतिक आकाशमा चर्चित ब्याण्ड ‘मंगोलियन हट’ ले धेरै समयको अन्तराल पछि क्रमिक रुपमा गीतहरु सार्बजनिक गर्दै आएका छन् । सार्वजनिक लगतै छोटो समयमा नै यो भिडियोलाई अत्यधिक मात्रमा दर्शकहरुले हेरी रहेका छन् । यस म्युजिक भिडियो लाई मंगोलियन हर्ट भित्र ७ औ संस्करमा समावेश गरिएको छ । विश्व दोङ्गको शब्द संगीत रहेको ‘जुन झैँ मुहार’ गीतमा बोबी घतानीको एरेन्जमेन्ट रहेको छ भने उक्त म्युजिक भिडियोमा गायक राजु लामा र मोडल सपना गुरुङले अभिनय गरेका छन् भने भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् ।

गायक लामा गीत संगीतमा मात्र नभएर समाज सेवामा पनि उतिकै जागरुक छन् । उनको राजु लामा फाउन्डेसन् मार्फत विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेका छन् । नेपालमा धेरै सांगीतिक ब्याण्डहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले गत बर्ष व्याण्ड स्थापना गरिएको २५ औ बर्ष पुगेको अवसरमा सिल्भर जुब्ली मनाउर्दैे २५ स्थानमा लाईभ व्याण्ड कन्सर्ट गर्ने निर्णय लिएका थिए । हाल सम्म नेपाल अधिराज्यका अठार स्थानमा कन्सर्ट गरिसकेका र ७ स्थान बाकि रहेको ठाँउमा भने सेप्टेम्बर पहिलो हप्ताबाट सुरुवात गरिने गायक लामाले जानकारी दिए ।

 

गायक लामाका एल्वमहरु अनलाईन सपिङ आईटुन् डट कम, एमाजोन डट कम र सिडिवेवि डट कम मार्फत खरिद गर्न सकिन्छ । मंगोलियन हर्टका भोकलिस्ट राजु लामाका गीतहरु सबै लोक प्रिय नै छन् जस मध्ये ‘बादल पारिको देशबाट’ ‘हल्ला चलेछ’, ‘नतानुँ त तानुँ ‘उँभो उँभो खाशा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’ , ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, हेर्दा हेर्दै, ‘यो जुनिमा’, ‘एक जोडि नयँन’, ‘घर मेरो पूर्व’ , ‘सैलुङ पोङदी’, ‘भाई टिका’,लगायत गीत सर्वाधिक चर्चाको शिखर चुमेका गीतहरु हुन् ।

गायक लामा आगमी महिना जेठ अन्तिमतीर सांगीतिक कार्यक्रमकालागि लण्डन आउने तयारीमा छन् ।

प्रतिक्रिया