गोपाल किराती गम्भीर योजना: ‘जिते संसार हारे हत्कडी’ – दुईसय खर्ब क्षतिपूर्ति सहित टिस्टा-काङ्गडा फिर्ता लिइन्छ।(भिडियो सहित)

इनेप्लिज २०७६ जेठ १५ गते १०:३३ मा प्रकाशित

नेकपा ( माओबादी केन्द्र ) का अध्यक्ष गोपाल किराँती ले नेपालका ठुला राजनिती पार्टीका नेताहरु बिदेशी सग लम्पसार परेको कारण मुलुकमा समस्या आएको बताएका छन । बिस्तारै नेपाली जनता सामु ठुला पार्टीका ठुला ठानिएका नेताहरुको चरित्र उदाङ्गो हुदैगएको र यिन को वास्तविकता पुर्ण रुपमै बाहिरिने परिस्थिती उत्कर्समा पुगेको बेला त्यस्को निस्कर्स चाहिँ अब मुलुकको नेतृत्व असल मान्छेले गर्नु पर्छ भन्ने परिस्थिति तयार हुने भएको ले त्यस्बेला राजनिती फेरि असल नितिमा फर्कने बताएका छन ।

नेपाल माथी भारतको थिचो मिचो अब नेपाली जनतालाई असह्य भै सकेको भन्दै उनले अब भारत ले गैरकानुनी तरिकाबाट हडपेको नेपालको टिस्टा र काङ्गडा सम्मको भुभाग फिर्ता गराउने आन्दोलनले मात्र नेपालीलाई न्याय गर्ने भएको ले आफ्नो पार्टी ले पुर्खाको ईतिहास र गरिमाको स्मरण गर्दै आफ्नो भुमी फिर्ता हुनेपर्ने कुरा राजनैतिक रुपमै उठाउने र त्यस्का निम्ति संघर्ष गर्ने निर्णय गरेको समेत उल्लेख गरे । भारतले नेपालमा अत्याचार गर्नु भारतको दुर्भाग्य हुने भन्दै नेपालीलाई अझै हेप्दै गए भारत भित्र चौकिदार गरिरहेका एककरोड नेपालीलाई त्यहि छापामार बनाएर लड्ने चेतावनी दिदै भारत मा साठी हजार गोर्खा सैनिक नेपालको रहेको समेत दाबी गरेका छन ।

प्रतिक्रिया